जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु

ज

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीमा जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

घ्याङलेखबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपमा सवार घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योञ्जन जिपको ढोकाको लक अचानक खुल्दा खसेर घाइते भएका थिए ।

उनीलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्‍याइएकोमा सोमबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले जिप र चालक कमलामाई नगरपालिका–५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।