अनमोलको बाटुलो जूनले कति कमायो ?

अ

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर ६ गते आइतबारसम्मको चलचित्र कबड्डी ५ : फाइनल, पेन्सन पट्टा, बाटुलो जून, आ बाट आमा २, बा: एक योद्धा र पाँच पाण्डवको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।

जसअनुसार कार्तिक ६ गतेबाट प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल’ ले ४ लाख २४ हजार ८९२ टिकट बिक्रीबाट १३ करोड २६ हजार आम्दानी गरेको छ । त्यस्तै भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले ३ लाख ६४ हजार ८०८ टिकट बिक्री गर्दै १० करोड ३६ लाख ८३ हजार आम्दानी गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै कार्तिक २६ गतेबाट प्रदर्शनमा आएको अनमोल केसीको चलचित्र बाटुलो जूनले २ लाख ६९ हजार ५४४ टिकट बिक्री गर्दै ८ करोड ३५ लाख ३७ हजार कमाई गरेको छ ।

त्यसैगरी असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा २’ ले २ लाख ४३ हजार ८३६ टिकट बिक्रीबाट ७ करोड १८ हजार आम्दानी गरेको छ ।

त्यस्तै कार्तिक २० गतेबाट प्रदर्शनमा आएको चलचित्र पाँच पाण्डवले १२ हजार ८९० टिकट बिक्रीबाट ४५ लाख १२ हजार आम्दानी गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।