सुमना श्रेष्ठको काठमाडौं महानगर मेयर पदमा उम्मेदवारी दिने घोषणा

स

काठमाडौँ । रास्वपाकी पूर्व सहमहामन्त्री एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएर दलविहीन बनेकी सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफू मेयरमा उठ्ने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन् । 

उनले भनेकी छन्- ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

श्रेष्ठले २०८२ को भदौ २९ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्यागको घोषणा गरेकी थिइन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।