दानबहादुर कार्कीको रिटमा कारण देखाउ आदेश, सरकारसँग लिखित जवाफ माग

द

काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो । कार्कीलाई पुनर्बहाली गर्ने वा अन्तरिम आदेश दिने विषय संयुक्त इजलासबाट टुंगो लाग्नेछ ।

कार्कीले सुनुवाइको मौका नदिई आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको भन्दै गत कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले कात्तिक १८ गते उनलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सरकारले एआईजी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।