परराष्ट्रमन्त्री खनालसँग चिनियाँ मैत्री संस्थाका प्रमुख वानमिङको भेटवार्ता

प

काठमाडौं । चीनको विदेशसँग मैत्री सम्बन्ध प्रवर्द्धन गर्ने जनमैत्री संस्थाका अध्यक्ष याङ वानमिङले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीच संस्थागत, जनस्तर तथा समुदायबीचको पारस्परिक हितमा आधारित सहयोग र सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा दुवै पक्षले दुई देशका संस्था, नागरिक तथा समुदायबीचको सम्बन्ध थप मजबुत बनाउने र आपसी सहयोगका क्षेत्रलाई अघि बढाउने विषयमा विचार आदानप्रदान गरेको मन्त्रालयले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।