ओलीको रक्षार्थ उभिनुपर्ने जिम्मेवारी एमालेको काँधमा आएको छः रामबहादुर थापा

नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिंगो पार्टी पंक्तिको काँधमा आएको बताउनुभएको छ । 


आईतवार मदन आश्रित स्मृति सभाको अवर पारेर काठमाडौंको बल्खुस्थित मदन नगरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले र एमालेको नेतृत्व ओलीलाई समाप्त पार्ने षड्यन्त्र देशीविदेशी शक्तिहरुले गरिरहेकाले ती दुवैको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा आएको बताउनुभएको हो । उपाध्यक्ष थापाले जेन–जी आन्दोलन, निर्वाचन, सरकार, सरकारका निर्णय, पार्टी अध्यक्ष ओलीमाथि भईरहेका षडयन्त्रहरुलाई हेर्दा ती सबै घटनाक्रमहरु दासढुंगा हत्याकाण्डनै निरन्तरताको रुपमा रहेको दाबी समेत गर्नुभयो । 


उहाँले भन्नुभयो,‘अहिले सरकारले ल्याएको अध्यादेश हेर्नुस, मन्त्रीपरिषद्ले गरेको निर्णयहरु हेर्नुस् । हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुस् । उहाँमाथि लगाईका मुद्दाहरुको प्रकृतिलाई हेर्नुस् । यी सबै घटनाहरु के हुन् ? यी सबै घटनाहरु दासढुंगा घटनाकै निरन्रता हुन् । त्यसैको एउटा श्रृंखलाको रुपमा हामीले बुझ्नुपर्दछ । त्यसैले आज नेकपा एमालेको पछाडि एउटा गम्भिर कार्यभारहरु उपस्थित भएको छ । यी सबै घटनाक्रमहरु दासढुंगादेखि यहाँसम्मका घटनाक्रमहरुले हामीलाई के संकेत गरेको छ भने  नेकपा एमालेको रक्षाको निम्ति देशीविदेशी शक्तिहरुले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान उनीहरुले संचालन गरेका छन् । नेकपा एमाले र त्यसको नेतृत्वलाई रक्षा गर्ने एउटा गम्भिर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’


उपाध्यक्ष थापाले एमाले र नेतृत्वमाथि जुन निरन्तर आक्रमण भइरहेकाले त्यसको विरुद्ध सचेत भएर लाग्नुपर्ने बेला आएको पनि बताउनु भयो । 

About the author

Jayanti Shiwakoti

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।