सुनचाँदीको मूल्यमा आजपनि गिरावट

स

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ । 

आज सुनको मूल्य तोलाको १९०० सयले घटेर तोलाको दुई लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ६९ हजार १ सयमा कारोबार भएको थियो  । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३४९०  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी ३५२० रुपैयाँमा कारोबार भएको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।