काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज मंगलबार नेप्से १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५३ कम्पनिका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता शेयर ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर ११.८४ प्रतिशतले बढेको छ भने एपोलो हाइड्रोको ५.६५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ५.३६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चरको २८ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २० करोड ३१ लाख बराबरको कारोबार भएको छ ।

