बंगलादेशलाई हराउँदै पाकिस्तान एसियाली खेलकुदमा क्रिकेटको फाइनलमा

ब

काठमाडौं । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा बंगलादेशले दिएको ११२ रनको लक्ष्य पाकिस्तानले ११ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । पहिले ब्याटिङ गरेको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको थियो । 

लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले सुरुवातमा केही विकेट गुमाए पनि हसन नवाज र अब्दुल समदले सम्हालिएको ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए । पाकिस्तानले ९ बल बाँकी छँदै ११२ रन पूरा गरेको हो। यस जितसँगै पाकिस्तानले एसियाली खेलकुदको पुरुष क्रिकेटको स्वर्ण पदकका लागि हुने फाइनलमा स्थान सुरक्षित गरेको छ । हार बेहोरेको बंगलादेशले भने कास्य पदकको खेल दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आजै भारत र श्रीलंकाबीच हुदैछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।