एसियाली खेलकुदमा तेन्जिङले नेपाललाई दिलाए पहिलो पदक

न्युज कारखाना
काठमाडौं । तेन्जिङ शेर्पाले एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका छन् । तेन्जिङ शेर्पाले कराते ८४ केजीको तौल समूहमा कास्य पदक जिताएका हुन् ।

जापानको नागोयामा जारी एसियाली खेलकुदमा बुधबार तोयोहासी जिम्नाजियममा भएको रिपेचार्ज चरणमा लाओसका सायासाने भत्थानालाई ९–१ ले पराजित गर्दै शेर्पाले एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका हुन्।

तेन्जिङले एक ुइप्पोनसहित कुल नौ अंक जोड्दै खेल ९–१ ले आफ्नो पक्षमा पारे ।  र कांस्य पदक सुनिश्चित गरे।

यसअघि सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।