जनकपुर बोल्ट्समाथि लुम्बिनी लायन्स १६ रनले विजयी

ज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ 

।

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले २० ओभरमा ८ विकेट गुमाउदै १३३ रन बनाएको थियो ।

जनकपुरका लागि कप्तान हरमित सिंहले सर्बाधिक ३३ रन बनाए भने सैफ हसनले २८, आदित्य महताले २४ रन बनाएका थिए ।

त्यस्तै लुम्बिनीका बलर डिआर्ची शर्टले ३ विकेट लिए भने तिलक भण्डारी र शेर मल्लले २-२ तथा रुबेन ट्रम्पेलम्यानले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३४ रन बनाएका थिए भने निरोशन डिकवेलाले २७ रन बनाएका थिए । त्यस्तै दिलिप नाथले २५ रन बनाए भने आसिफ सेखले २१, सामिम हुसैनले १३ र रुबेन ट्रम्पेलम्यानले १५ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर राहुल यादव र बिशाल शुस्लिंगले २-२ विकेक लिए भने ललित राजबंशी, हरमित सिंह र अभिषेक तिवारीले एक एक विकेट लिएका थिए ।

यो जितपछि लुम्विनी लायन्स अपराजित रहदै ४ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा छ । त्यस्तै जनकपुर बोल्ट्सको भने यो तेस्रो हार हो । ५ खेलमा २ खेल जितेको जनकपुरको ४ अंक रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।