Category

राजनीति

र

मधेसी आयोगका दुइ प्रतिवेदन राष्ट्रियसभामा पेश

काठमाडौं, १८ साउन । मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आयोगको प्रतिवेदन पेस गरेकी हुन् ।  आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् । संवैधानिक आयोगले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन प्रधानमन्त्रीले संसद्‌मा पेस गर्ने संवैधानिक प्रावधान छ । Post Views:...

शिक्षामन्त्री र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता, विद्यालयमा चेस प्रवर्द्धनबारे छलफल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियाली चेस महासंघका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल-मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र विद्यालय शिक्षामा चेस खेलको प्रवर्द्धनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।...

तराईका हिंसात्मक घटना तथा सरकार-रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र धनुषालगायत तराईका विभिन्न स्थानमा धार्मिक तनावसँग जोडिएका हिंसात्मक घटनापछि भएको आन्दोलन तथा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भएको वार्ताप्रति प्रश्न उठाएका छन्। महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै, “आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ...

परराष्ट्रका सहसचिव भट्टराइ पक्राउ

काठमाडौं, १८ साउन। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहसचिव भट्टराईलाई पक्राउ गरेको हो । सीआईबीका एसपी अनुपम शमशेर जबराका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराई पक्राउ परेका हुन। गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालत...

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

सर्लाही, १८ साउन । करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन । लालबन्दी नगरपालिका–१ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ९ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामढी थाना समुद्र बस्ने २६ वर्षीय दिपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन् ।  इलाका प्रहरी कार्यालय नवलपुर समेतबाट खटिएको प्रहरीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर...

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

काठमाडौं, १८ साउन । बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा सिटमा जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । बिहारको बांकीपुर निर्वाचन क्षेत्रमा ‘जन सुराज’ का संस्थापक प्रशान्त किशोरले निरन्तर अग्रता कायम राखेका छन्, मतगणनाको १५औँ चरणपछि, प्रशान्तले भाजपाका नीरज कुमारभन्दा ८,२०२ मतको अग्रता लिएका छन्। बांकीपुर सिट भाजपा नेता नितिन नवीनको परम्परागत गढ मानिन्छ । उनी त्यहाँबाट लगातार ५...

सुनसरी घटना बारे मानव अधिकार आयोगको अनुसन्धान सुरु

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक अनुसन्धान सुरु गरेको छ । आयोगले घटनालाई स्वप्रेरणाबाट उजुरीका रूपमा दर्ता गर्दै घटनाको विस्तृत छानबिन अघि बढाएको हो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी तथा आयोगको कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख वीरबहादुर बुढामगरसहितको उच्चस्तरीय टोलीले घटनास्थल पुगेर स्थलगत...

‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले बनायो विश्वव्यापी कमाइको नयाँ कीर्तिमान

काठमाडौँ । हलिउडको बहुप्रतीक्षित चलचित्र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले प्रदर्शनको पहिलो साताअन्तमै विश्वभरबाट ९२ करोड ७० लाख अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै इतिहासकै दोस्रो ठूलो प्रारम्भिक व्यापार गरेको छ । चलचित्रको निर्माण लागत करिब २२ करोड ५० लाख अमेरिकी डलर रहेको अनुमान गरिएकामा पहिलो साताअन्तमै त्यसलाई धेरै गुणाले उछिनेको हो । पहिलो साताअन्तमा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको सूचीमा...

दुर्गा प्रसाईंको पक्राउ निन्दनीय भन्दै तत्काल रिहाइ गर्न धवलशमशेरको माग

काठमाडौँ । आलोचना, फरक मत र विचार-अभिमत लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. धवलशमशेर राणाले बताएका छन् । उनले नागरिकप्रति सरकारको जवाफदेहिता, लोकतान्त्रिक सन्तुलन र समाजको उन्नति-प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ। सरकारको आलोचना गर्न नपाइने अवस्था आएमा त्यस्तो शासन प्रणाली लोकतान्त्रिक हुन नसक्ने उनको भनाइ...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने भएको छ।

पार्टीका अनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

Post Views: 100 46

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।