Category

राजनीति

र

रौतहटमा सशस्त्र प्रहरीमाथि आक्रमण आरोपमा दुई दाजुभाइ पक्राउ

रौतहट, ४ भदौ। रौतहटको बौधिमाई नगरपालिका–८ सरमुजवामा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई दाजुभाइलाई पक्राउ गरेको छ।  यसरी पक्राउ पर्नेमा शिवपुजन यादव र नवलकिशोर यादव रहेका छन्। तर, पक्राउको क्रममा सुरक्षाकर्मीले घरमा प्रवेश गरी परिवारका सदस्यलाई कुटपिट गरेको आरोपसमेत लागेको छ। परिवारको दाबीअनुसार घटनामा ७० वर्षीया बसकलिया देवी र उनकी १६ वर्षीया नातिनी करिश्मा यादव घाइते भएका छन्।...

प्रहरीको विषयमा बोलेको कुरामा अडिग छु- खगेन्द्र सुनार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको विषयमा यसअघि आफुले बोलेको कुरामा अडिग रहेको बताएका छन् । विहिबार सार्बजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले आफुले यसअघि नेपाल प्रहरीमा भएको अनियमितताको विषयमा बोलेको कुरामा अडिग रहेको बताउदै समितिमा आएर अपमान गर्न नपाइने बताए । उनले भने- ‘हामीले १५ दिन भित्र प्रहरीसँग स्रोत साधन व्यवस्थापनमा...

प्रधानमन्त्री कवि र कलाकार पनि हुन्, राजनीतिक अर्थ नखोजौं- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले ‘एक्लो’ भएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै प्रधानमन्त्री कवि र कलाकार पनि भएको बताउदै अन्य अर्थ नलगाउन आग्रह गरेका छन् । रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले लामिछानेले त्यस स्टाटसमा प्रधानमन्त्रीको कवि भावना पोखिएको टिप्पणी गरेका हुन् । उनले भने...

संसदमा बादलको सम्बोधन: राष्ट्रिय सुरक्षा नीतिमा ‘खतरनाक विचलन’, बालेनसहितलाई हटाउन लामिछानेलाई आग्रह

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारको विदेश नीति, राष्ट्रिय सुरक्षा र शासन सञ्चालनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।  बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको छोटो कार्यकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाए । थापाले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा ‘खतरनाक विचलन’ देखिएको दाबी...

रास्वपा सांसदले छठ पछाडी पिटाई खाने अमरेश सिंहको दाबी

काठमाडौं, ३ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश सिंहले पार्टीका सांसदहरूले कुटाई खाने दिन आउन लागेको बताएका छन् । पार्टी सभापति रबि लामिछानेले बोलाएको मन्त्री र सांसदहरू बिचको सामुहिक छलफलमा उनले सो दाबी गरेका हुन् । नेपाली कांग्रेस सभापति गगन थापालाई सर्लाही-४ वाट पराजित गरेर थप चर्चामा रहेका सांसद सिंहले तराई मधेसका पार्टीका सांसदले छठ पछाडी पिटाई खाने दाबी गरेका हुन् । `मलाई एक...

मन्त्रिपरिषद बैठक सुरू

काठमाडौं, ३ भदौं। मन्त्री परिषदको बैठक सुरू भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको मन्त्रिपरिषद् बैठक सुरू भएको हो।

बैठक नियमित हो ।

Post Views: 100 125

निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार: लिङदेन

काठमाडौं, ३ भदौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशका सांसदहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । नेकपा एमालेका प्रदेश सांसद किरण थापाले मुख्यमन्त्रीमा दावी पेश गर्दा समर्थन जनाएका आफ्ना प्रदेश सांसदहरूलाई अनुशाषनको कारबाहीको चेतावनी दिएका हुन् । वागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै दललाई समर्थन छैन,  मुख्य मन्त्रीका लागि नेकपा...

मन्त्रिपरिषदको बैठक शुरु

एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । 

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ । 

Post Views: 100 103

सुदुर पश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

कैलाली, ३ भदौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्। मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन्, जसअनुसार एमालेका ११ र नेकपाका २० सांसदले उनका पक्षमा मतदान गरेका हुन्। विपक्षमा काङ्ग्रेसका १४ र राप्रपा को १ मत विपक्ष परेको थियो । काङ्ग्रेसकै पदम शाही, मान बहादुर रावल मधु...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।