Category

राजनीति

र

आरोप प्रमाणित गर्न लिङ्देनसमक्ष राप्रपा बागमती प्रदेश समितिको माग

काठमाडौं, ३१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसमक्ष गम्भीर ध्यानाकर्षण गराउँदै आफ्ना प्रदेश सांसदहरूमाथि लगाइएको आरोप प्रमाणित गर्न वा सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ। राप्रपा बागमती प्रदेश कार्य समितिका अध्यक्ष विक्रमबहादुर थापाद्वारा हस्ताक्षरित पत्रमार्फत अध्यक्ष लिङ्देनले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने...

बिचौलियालाई पोस्न र अकर्मण्य बन्न जनताले दुई तिहाई दिएका होइनन्- अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा बढिरहेको महंगीप्रति सरकार मौन रहेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको वुधबारको बैठकमा बोल्दै नेता केसीले पछिल्लो समय देशमा महंगी व्यापक रुपमा बढेको अवस्थामा सरकार मौन रहेको भन्दै यो दुखद भएको र गम्भीर हुन चेतावनी दिएका छन् । उनले ग्यास व्यवस्थापन गर्न सरकारले नसकेको बताउदै कालोबजारीमा ग्यास तुरुन्त पाइएकोप्रति सरकार बेखबर रहनु...

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण र प्रकृति पत्ता लगाउन सात सदस्यीय विज्ञ समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो । मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार समितिमा जलविद् (हाइड्रोलोजिस्ट) डा नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा...

प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरेका छन् । उनले बाढीका कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको र जलवायु...

सर्वदलीय बैठक जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बोलाएको शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक शुरु भएको छ । रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा शुरु भएको बैठकमा सभापति लामिछानेसहित कांग्रेस सभापति गगन थापा, नेकपा नेता माधवकुमार नेपाल, एमाले नेतृ पदमा अर्याल, नेकपा नेता बर्षमान पुन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतका नेताहरु उपस्थित रहेका छन् । आजको बैठकमा विपद् जोखिम...

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

तेजेन खड्का/न्युज कारखाना उर्लाबारी, ३१ भदाै । बीमा कम्पनीहरूले आफ्ना कर्मचारी तथा अभिकर्तालाई व्यवसाय विस्तार, नयाँ ग्राहक थप्ने र वार्षिक लक्ष्य पूरा गर्ने नाममा विभिन्न प्रकारका प्रोत्साहन तथा पुरस्कार दिँदै आएका छन्। लक्ष्य पूरा गर्ने कर्मचारी तथा अभिकर्तालाई देश–विदेश भ्रमण, सम्मान तथा अन्य सुविधा उपलब्ध गराउने अभ्यास पनि बीमा क्षेत्रमा सामान्य बन्दै गएको छ। तर, यही समयमा बीमा गरेका...

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बुधबार बिहान सिंहदरबारस्थित रास्वपाको संसदीय कार्यालयमा बैठक सुरु भएको हो । सर्वदलीय बैठकमा लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले सचिव पद्मा भुसाल, नेकपा सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुन, राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही, जसपा नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी...

विशेष महाधिवेशन पक्षधरले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । उनले अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुनसमेत आग्रह गरेका छन् । देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा र केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन गर्ने...

कांग्रेसको १५औँ महाधिवेशन: कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्मका विभिन्न पदमा उम्मेदवारी दिन लाग्ने शुल्क तोकिएको छ । सार्वजनिक गरिएको निर्वाचन निर्देशिकाअनुसार वडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्मका पदका लागि फरक–फरक शुल्क निर्धारण गरिएको हो । कांग्रेसको १५औँ महाधिवेशनको अधिवेशन प्रक्रिया असोज ३ र ४ गते वडा तहबाट सुरु भई असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय...

विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी सर्वदलीय बैठकमा उठेको उच्चस्तरीय संसदीय समिति गठनको प्रस्ताव अझै कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् । आङ्देम्बेका अनुसार सत्तापक्षका सभापतिको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।