Category

राजनीति

नेपालद्वारा फिलिपिन्सको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति दुख व्यक्त

काठमाडौं । नेपाल सरकारले फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै फिलिपिन्स सरकार र त्यहाँका नागरिकप्रति सहानुभूति व्यक्त गरेको छ । साथै अझै बेपत्ता रहेका व्यक्तिहरूको शीघ्र उद्धार तथा घाइतेहरूको चाँडो स्वास्थ्यलाभको...

करका दरमा हेरफेर नभएको सरकारका प्रवक्ताको दावी

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले करका दरमा हेरफेर नभएको दाबी गरेका छन् ।  मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गर्दै प्रवक्ता पोखरेलले अर्थमन्त्रीको बचाउ गर्दै बजेट र करको दरमा हेरफेर नभएको दावी गरेका हुन् । उनले भने- ‘कुनै चलखेल भएको छैन, अर्थमन्त्रीले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’...

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तत्काल असुल गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विशेष सुविधा लिएर विद्युत उपभोग गरेका उद्योगहरूले तिर्न बाँकी रहेको प्रिमियम महसुल तत्काल कानूनबमोजिम असुल गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् । घिसिङले आम नागरिक दैनिक १८ घण्टासम्मको लोडसेडिङको मारमा परेका बेला विशेष सुविधा प्राप्त औद्योगिक ग्राहकहरूले उपभोग गरेको विद्युतको प्रिमियम महसुल भुक्तानी...

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । यसअघिका तदर्थ समिति अध्यक्ष विनोदकुमार शर्माले राजीनामा दिएपछि रेडक्रसको नेतृत्व खाली थियो । त्यस्तै आजको बैठकले तल्लो अरुणसहितका जलविद्युत आयोजनाका लागि...

सुदन गुरुङ पुन: गृहमन्त्री नियुक्त हुदै, आजै शपथ

काठमाडौं । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङ पुन: नियुक्त हुने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई आजै गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । स्रोतका अनुसार गुरुङले आजै शपथ लिने भएका हुन् । आफ्नो सम्पत्ति विवाद बारे चौतर्फी प्रश्न उठेपछि गुरुङले गत बैशाख ९ गते राजीनामा दिएका थिए । गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा...

प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह तत्काल संसद आउन नसक्ने बताउनुभएको छ । सोमवार सिंहदरवारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्ष दलहरुले राखेपछि उहाँले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनुभएको हो । सभापति लामिछानेले...

करका दर चुहावट राज्यविरुद्धको अपराध हो, संसदीय छानबिन समिति बनाउनु पर्छ- ज्ञानेन्द्र शाही

काठमाडौँ । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बिवाइडी गाडीको भन्सार छली प्रकरणमा संसदीय समिति बनाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यो गम्भीर राज्यविरुद्धको अपराध भएको बताउदै आफैले छानबिन गरेर दोषी पत्ता नलाग्ने बताए । उनले संसदीय समिति छानबिन गरेर सत्य तथ्य पत्ता लगाउनुपर्ने भन्दै भन्सारको कर्मचारीलाई करको दर हेरफेरको जानकारी नहुने स्पष्ट गरे । Post Views:...

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद बैठक अघि बढ्न सक्दैन- पदमा अर्याल

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएकी छन् ।  प्रतिनिधि सभाको बैठकमा बोल्दै नेतृ अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग गरेकी हुन्।  उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले निसर्त उक्त भूमि फिर्ता हुनुपर्ने माग...

रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक शुरु भएको छ । सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुलाई बैठकमा बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा केहीबेर अघि शुरु भएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका...

परराष्ट्रमन्त्री खनाल भारत भ्रमण पुरा गरि स्वदेश फर्किदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको आफ्नो औपचारिक भ्रमण सम्पन्न गरेर नयाँ दिल्लीबाट नेपाल प्रस्थान गरेका छन् । भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिदाइ गरेका थिए । यस भ्रमणलाई नेपाल–भारतबीचको लामो समयदेखिको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।