Category

विविध

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

काठमाडौँ, १३ जेठः चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रेम, त्याग वा भावनामा मात्रै सीमित राखिन्छन् । तर पछिल्लो समय यो भाष्य परिमार्जित हुँदै गएको छ । अभिनेत्रीहरु पनि चलचित्र बिकाउन सक्छन् भन्ने भाष्य बन्दै गएको छ । उदाहरणका रुपमा...

पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा

लिस्बन (पोर्चुगल), १३ जेठः लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ । दूतावासले कोइम्ब्राको मरिन्हा दास ओन्दासमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको हो । घुम्ती शिविरबाट कूल...

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ, १३ जेठः यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले यहाँका किसानलाई ५० प्रतिशत अनुदान सहुलियतमा हाते ट्याक्टरसहित नौ प्रकारका कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरेको हो । एकाइले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘जोन सुपरजोन...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

चन्द्रपुर (रौतहट), १३ जेठः रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घाटन गर्नुभयो । केन्द्रले किसानलाई मौसमसम्बन्धी विभिन्न पूर्वानुमान उपलब्ध गराउनेछ । तापक्रम, वर्षा, हावाको गति मौसमसम्बन्धी तथ्याङ्क केन्द्रमा सङ्कलन हुनेछ । मौसमको अवस्था हेरेर बाली कहिले लगाउने, सिँचाइ...

प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

कैलाली, १३ जेठः धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले आज राति १२ः०० बजे जल चढाएर पूजाअर्चना गरी मेला सुरुवात गर्ने परम्परा रहेको बताउनुभयो । यहाँ पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरु आउने गरेका छन् । परापूर्वकालमा त्यहाँ...

विद्युतीय प्रदर्शनी आयोजना हुँदै

काठमाडौँ, १२ जेठः नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रियस्तरको बृहत् प्रदर्शनी आयोजना गरिने भएको छ । यही जेठ २२ देखि २५ गतेसम्म हुन लागेको सो प्रदर्शनीमा नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोगका बारेमा जानकारी दिइनेछ । ‘फिन...

के कतारले इरानलाई १२ अर्ब डलर दिने प्रस्ताव गरेको हो ?

काठमाडौं । कतारको विदेश मन्त्रालयले ईरानलाई १२ अर्ब डलर दिने प्रस्ताव गरिएको भन्ने समाचार असत्य भएको जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले यस्तो दाबी गर्ने रिपोर्टहरू शान्ति सम्झौता विफल बनाउन चाहने पक्षले फैलाएको बताएका छन् । ईरान र अमेरिकाबीच जारी शान्ति वार्तासँग सम्बन्धित विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा कतारले ईरानलाई १२ अर्ब डलर प्रस्ताव गरेको खबर सार्वजनिक भएको थियो ।...

बस्ती खाली नगराउने प्रतिबद्धतापछि बर्दिबास-सिन्धुली सडकखण्डको अवरोध हट्यो

महोत्तरी । विपि राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास-सिन्धुली सडकखण्डको अवरोध हटेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादव  र डिभिजन वन कार्यालय प्रमुख अजय कुमार मिश्रले बस्ती हटाउने कुनै योजना नरहेको लिखित प्रतिबद्ध जनाएपछि आन्दोलित बनेका स्थानीयले अवरुद्ध गरेको सडक करिब १० घण्टापछि खुलेको हो । बर्दिबास नगरपालिका -३ कालापानीस्थित वन क्षेत्रमा...

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

मकवानपुर । आफ्नै श्रीमती ४२ वर्षीया ओम कुमारी भुजेलको हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल तरकारी मण्डी डेरा गरी बस्ने मनहरी गाउँपालिका-३ घर भएका ४५ वर्षीय रामलाल ब्लोनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामलाले कुटपिट गर्दा ओम कुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी ओम...

श्रीकृष्ण विकको हिरासतमा मृत्यु प्रकरणमा १० प्रहरीलाई कारबाहीको सिफारिस

काठमाडौं । इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवान सम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ । हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।