Category

विविध

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर, २२ जेठः कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुवै जना २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रसिंह थापाका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ बाणीका मदन चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका अर्जुन खड्का रहेका छन् । उहाँका अनुसार चौधरी...

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

राँझा (बाँके), २२ जेठः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२÷८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । उहाँका अनुसार...

‘सिड रोडम्याप’ कार्यान्वयनमा जोड

पोखरा, २१ जेठः महिलाविरुद्ध हुने विभेद र हिंसा अन्त्यका लागि नेपालले गरेका अन्तरराष्ट्रिय प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न स्थानीय तहको भूमिका अझ सशक्त बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र गैरसरकारी संस्था साथीको सहकार्यमा गण्डकी प्रदेशमा आयोजित ‘महिलाविरुद्धको भेदभाव उन्मूलन समिति (सिड) रोडम्यापसम्बन्धी...

तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति

जुम्ला, २१ जेठः जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअर्थात् अनुमान गरेकोभन्दा बढी आन्तरिक राजस्व रकम सङ्कलन गरेको हो । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार पालिकाले त्यस आवमा २६ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले चालु आवमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक...

दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता

पाटन (ललितपुर), २१ जेठ : सभामुख डिपी अर्यालले संविधानको धारा ४० मा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय संसद् प्रतिबद्ध रहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जातीय विभेद तथा छुवाछूतको अन्त्य सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य, राजनीतिक दल...

आलेख : विकास पर्खाइमा मुठाचौर

ढोरपाटन (बागलुङ), २१ जेठ : हरियाली आलु बारी । भर्खरै उमिँ्रदै गरेका मकै । वरपर चारैतिर पालुवा पलाएपछि रमणिय बनेको छ, मुठाचौर । समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको मुठाचौर बागलुङको उच्च स्थानमा रहेको बस्ती हो । प्राकृतिक सुन्दरताले भरिएको मुठाचौर विकासका हिसाबले भने ओझेलमै छ । तमानखोला गाउँपालिका–२ मा पर्ने यस गाउँमा अहिलेसम्म खानेपानी र विद्युत्को सुविधा पुगेको छैन । भौगोलिक...

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

काठमाडौँ, २१ जेठः नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ । राष्ट्रसङ्घीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्यः सन् २०३० पछिका लागि राष्ट्रसङ्घीय विकास प्रणाली निर्माण’ छलफलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् २०३० पछिका चुनौती र अवसरलाई...

एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

दमौली (तनहुँ), २१ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किँदा सात जना घाइते भएका हुन् । दुर्घटनामा एम्बुलेन्समा सवार छ जना र मिनी ट्रक चालक गरी सात जना घाइते भएको...

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुर, २१ जेठः भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिनुभयो । आगलागीबाट करिब रु ५० लाख बराबरको क्षति भएको छ । विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान छ । हाल जलेका सामग्री...

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ, २१ जेठः आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तरराष्ट्रिय दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८२ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य युद्ध र सशस्त्र द्वन्द्वका कारण बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार र अधिकार उल्लङ्घनप्रति विश्वभर ध्यानाकर्षण गराउनु हो । संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बालबालिका घरमा सुरक्षित रूपमा बस्न...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।