Category

विविध

कलाकारलाई लाखौं दिएर क्रकोच आन्दोलनको पक्षमा बोल्न लगाएको भन्दै उजुरी

नयाँदिल्ली, १९ साउन ।सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व अर्थात इन्फ्लुएन्सर फैजान अन्सारीले ‘कक्रोच जनता पार्टी’का संस्थापक अभिजित दीपके विरुद्ध दिल्ली प्रहरीमा लिखित उजुरी दर्ता गराएका छन्। उनले दीपकेसँग आबद्ध व्यक्तिहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाउँदै सो उजुरी दर्ता गराएका हुन्। साथै, उनले उर्फी जावेदले आफूबाट १ लाख रुपैयाँ र पूनम पाण्डेले २० हजार रुपैयाँ लिएको आरोप पनि लगाएका छन्।...

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

मुम्बई, १९ साउन । अमिताभ, अभिषेक र ऐश्वर्या राय बच्चनदेखि लिएर रश्मिका मन्डन्ना, अक्षय कुमार र सुनील शेट्टीजस्ता कलाकारहरूसम्म धेरैले ‘एआई डिपफेक’ र आफ्नो पहिचानको दुरुपयोग विरुद्ध कानुनी कारबाही अघि बढाएका छन् र यसका लागि अदालतको ढोका ढकढक्याइ सकेका छन्। यस सूचीमा थपिने पछिल्लो नाम श्रुति हासन हुन्, जसले ‘पर्सनालिटी राइट्स’ अर्थात व्यक्तिगत पहिचानसम्बन्धी अधिकार र एआई डिपफेक सामग्रीका सम्बन्धमा...

शाहरूखको ‘किङ्ग’ले तीन हलिउडसँग स्क्रिन सेयर गर्नुपर्ने बाध्यतामा

मुम्बई, १९ साउन । ठूलो पर्दाबाट तीन वर्षको अनुपस्थिति पछि सुपरस्टार शाहरुख खान यस वर्ष बहुप्रतिक्षित एक्सन मनोरञ्जनात्मक चलचित्र ‘किङ’ मार्फत फर्कँदैछन्। गत जनवरीमा सार्वजनिक गरिएको एक विशेष घोषणा प्रोमोले यो चलचित्र २४ डिसेम्बरमा हलमा प्रदर्शन हुने कुराको पुष्टि गरेको थियो। यद्यपि, हालैका साताहरूमा ‘किङ’ निर्धारित मितिमा प्रदर्शन नहुन सक्ने र यसलाई सन् २०२७ सम्म सारिन सक्नेबारे व्यापक अड्कलबाजी...

सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने

काठमाडौं, १९ साउन । सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा आगामी भदौको २० गते काठमाडौंमा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ (सातौँ संस्करण) आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रममा नेपालसहित विभिन्न एशियाली मुलुकका व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, संस्कृति, सामाजिक सेवा तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सफल व्यवसायी, पेशाकर्मी तथा व्यक्तित्वलाई...

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

मुम्बई, १८ साउन । रणवीर कपुर, सनी देओल र यशको अभिनय रहेको चलचित्र ‘रामायण’ लाई लिएर विवाद उत्पन्न भएको छ। श्री रामलीला महासंघले चलचित्रका निर्देशक नितेश तिवारी र निर्माण कम्पनीलाई सम्बोधन गर्दै एक पत्रमार्फत चेतावनी जारी गरेको छ। महासंघका अध्यक्ष अर्जुन कुमारले यस वर्षको दीपावलीमा भारत र विदेशमा प्रदर्शन हुनुअघि चलचित्र आफ्नो प्रतिनिधिमण्डललाई देखाइनु पर्ने माग गरेका छन्। महासंघले जनाए अनुसार...

न्युयोर्ककी मेयरका हजुरआमाको निधन, जसले हुर्काएकी थिइन १ लाख ७० हजार बालबालिका

काठमाडौं, १८ साउन । सामाजिक सेवामा ६ दशक बिताएकी तथा ५० वर्षको उमेर पार गरिसके पछि भारतको सबैभन्दा चर्चित बाल कल्याणकारी संस्थामध्ये एकस्थापना गरेकी प्रविण नायरको ९४ वर्षको उमेरमा निधन भएको छ। उनी चलचित्रकर्मी मीरा नायरकी आमा र न्युयोर्क शहरका मेयर जोहरान मामदानीकी हजुरआमा हुन्। यी दुवै सम्बन्ध वास्तविक हुन् र उनीहरूले उल्लेखनीय काम पनि गरेका छन्। यद्यपि, उनीहरूको नाता नै उनको नाम जान्नुपर्ने...

तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ

काठमाडौं, १८ साउन । तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ हो । जसमध्ये उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ जना, गण्डकी प्रदेशबाट १ सय ८९ जना...

साम्प्रदायिक तनावले खरानी बनायो व्यवसाय : गोलबजारका तिनवटा पसलमा ३० करोडभन्दा बढीको क्षति

मुकेश कुमार यादव / सिरहा, १८ साउन । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहाको गोलबजारसम्म फैलिँदा भएको हिंसा, आगजनी र तोडफोडबाट ठूलो आर्थिक क्षति भएको छ। गोलबजारका तिन व्यवसायमा मात्रै घरबाहेक करिब ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको हो।  साउन १० गतेबाट सुनसरीमा सुरु भएको साम्प्रदायिक तनावको असर साउन १३ र १४ गते सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा देखिएको...

साम्प्रदायिक संवेदनशीलताबीच रौतहटमा एसएसपी जबराको निरीक्षण

रौतहट, १८ साउन। मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक तनाव र सुरक्षा चुनौतीका बीच नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएका एसएसपी दीप शमशेर जबराले आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा सुरक्षा अवस्थाबारे समीक्षा गरेका छन्। निरीक्षणका क्रममा एसएसपी जबराले जिल्ला प्रहरी कार्यालय रौतहट का प्रमुख एसपी सिताराम रिजाल तथा कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन...

फेला परे आदिम मानवका १४ लाख ३० हजार वर्ष पुराना पाइलाका छाप

काठमाडौं, १८ साउन । उत्तरी केन्यामा फेला परेका करिब १४ लाख ३० हजार वर्ष पुराना पाइलाका छापहरूले वैज्ञानिकहरूलाई त्यस युगका मानवहरूबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरेका छन्। यी छापहरू छोड्ने जीव मानव विकासक्रममा आफ्नो प्रकारको अन्तिम प्रतिनिधि थियो, कडा खालका फलफूल र तरकारीहरू खाने बानीका कारण यस प्रजातिमा उल्लेखनीय शारीरिक परिवर्तनहरू आएका थिए। यस प्रजातिको नाम ‘पैरंथ्रोपस बोइसेइ’ राखिएको छ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।