Category

अर्थ-व्यापार

सुन तोलाको २४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २४ सयले घटेर तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ४७८० मा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि चाँदी...

नेप्सेमा ३५.९२ अंकको गिरावट, ४ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार ६५७ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपरा हेवाखोला हाइड्रोको शेयर १०.४३ प्रतिशतले बढेको छ । त्यस्तै...

भोटेकोशी बाढी: ११ जलविद्युत् आयोजना र एक सौर्य आयोजनाको ४३१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरियो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा जलविद्युत् आयोजना र एक सौर्य आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ । बाढीका कारण कुल ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको कुल क्षमता ४०६.१ मेगावाट रहेको छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य आयोजना पनि प्रभावित भएको...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ९० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११९ दिनका लागि ९० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्...

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक सयले घटेर तोलाको ३ लाख २२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले बढेर तोलाको ४९७५ मा कारोबार भइरहेको छ ।...

नेप्सेमा आज पनि गिरावट, ४ अर्ब १० करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा पुगेर रोकिएको छ । आज ३५७ कम्पनिका एक करोड ४४ हजार १६४ कित्ता शेयर ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० मा कारोबार भएको थियो । आज विकास बैंक र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, १२० जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र गण्डकी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशमा र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १२० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४६ जना घाइते भएका छन् भने...

भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू भएको छ ।  नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरू भएको प्रदर्शनीको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन् । यसपटक प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती,एसी तथा पंखाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  भदौ १४ गतेसम्म जारी रहने प्रदर्शनी स्थललाई...

भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू भएको छ ।  नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरू भएको प्रदर्शनीको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन् । यसपटक प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती,एसी तथा पंखाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  भदौ १४ गतेसम्म जारी रहने प्रदर्शनी स्थललाई...

बेनी हाइड्रोपावरको सर्वसाधारणका लागि आइपीओ भदौ २२ गतेदेखि खुल्दै

काठमाडौं । बेनी हाइड्रोपावरले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन भदौ २५ गतेसम्म खुला रहनेछ र उक्त अवधिमा मागअनुसार सेयर बिक्री नभएमा आवेदन दिने समय असोज ५ गतेसम्म थप गरिने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।