Category

अर्थ-व्यापार

अ

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ।  राष्ट्र बैंकले ५० रुपैयाँ दरको यस नोटका संकेत नम्बर २४ट ०००००१ देखि ७०ण ९९९९९९ सम्म रहने जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ पहिलैकै जस्तो हुनेछ। नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटको सिरिजमा विसं २०८२ उल्लेख छ। नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुराँसको...

१२ अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार

काठमाडौं, १ असोज । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । बुधबार २१ अंकले घटेको नेप्से आज करिब १२ अंकले बढेको छ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९३ अंक बढेर २६२४.३६ विन्दुमा पुगेको छ।  आज सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक बढेको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। १३ मध्ये आज ११ उपसमूहको...

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

काठमाडौं, १ असोज । पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा अवरुद्ध सडक बिहीबारदेखि पुन: सञ्चालनमा आएसँगै खाना पकाउने एलपी ग्यास पुरानै मूल्यमा पाइने भएको छ ।  मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटो हुँदै ढुवानी गर्दा बढेको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । कृष्णभीर सडक पुन: सञ्चालनमा आएपछि ग्यासका बुलेट नियमित रूपमा आउन थालेसँगै मूल्य पनि पुरानै दरमा फर्किएको हो । कृष्णभीर सडक...

तीन लाखमुनि ओर्लियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ असोज । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।  सुनको मूल्य बिहीबार छापावाल सुन तोलामा २३ सय रुपैयाँ घटेर दुई लाख ९९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलामा १७ सय रुपैयाँ बढेको थियो । आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घटेर ४६ सय २५ रुपैयाँमा झरेको छ। बुधबार चाँदी तोलामा ८५ रुपैयाँ बढेर चाँदीको भाउ ४६ सय ८५ रुपैयाँ...

एक दिन पनि टिकेन सेयर बजारकाे उत्साह, २१ अंकले घट्याे नेप्से

काठमाडाैं, ३१ भदाै । सेयर बजारमा देखिएकाे उत्साह एक दिन  पनि टिकेन । अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजी बजार उकास्ने भन्दै साेमबार राति सार्वजनिक गरेकाे सुधारका प्रस्तावले पनि सेयर बजारमा खुसीकाे माहाैल ल्याउन सकेन । मंगलबार ४८ अंकले नेप्से बढेकाे थियाे भने काराेबार रकम पनि आठ अर्ब पुगेकाे थियाे । तर बुधबार भने नेप्से २१ अंकले ओरालाे लागेकाे छ । काराेबार रकम पनि चार अर्बमा सीमित भएकाे छ ।...

नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से २१.१९ अंकले बढेर २६१२.४२ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड ५१ लाख १ हजार ५५५ कित्ता शेयर ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको शेयर ६.३७ प्रतिशतले बढेको छ भने हिमाल दोलखा हाइड्रोको शेयर ५.३१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै...

भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा राहत

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ । क्षतिग्रस्त घर तथा संरचनाका विद्युत् मिटरको लगत कट्टा गरिने र पुनः सेवा लिनुपरेमा निःशुल्क नयाँ मिटर उपलब्ध गराइनेछ ।...

अर्थ समितिले पारित गर्‍याे नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन

काठमाडौं, ३१ भदाै । अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेकाे छ । बुधबार बसेको समिति बैठकमा सभापति कृष्णहरि बुढाथोकीले नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्ताव राखेका थिए ।  बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल भएको...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० दिनका लागि ६० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।...

सुन तोलाको १७ सय र चाँदी ८५ रुपैयाँले बढ्यो

काठमाडौं, ३१ भदौ । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा तीन लाख एक हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन तीन लाख एक सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदी तोलामा ८५ रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला चार हजार ६००...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।