राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। 

राष्ट्र बैंकले ५० रुपैयाँ दरको यस नोटका संकेत नम्बर २४ट ०००००१ देखि ७०ण ९९९९९९ सम्म रहने जनाएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ पहिलैकै जस्तो हुनेछ। नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटको सिरिजमा विसं २०८२ उल्लेख छ।

नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापमा ‘५०’ अंकसमेत हुनेछ। नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ जसमा ‘अंग्रेजीमा एनआरबी’ लेखिएको छ। पृष्ठभागमा हिउँचितुवाको चित्र राखिएको छ।   

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।