Category

स्वास्थ्य

काठमाडौँ महानगरमा २ हजार ७७९ महिलाको परीक्षणमा ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रममा २ हजार ७७९ महिलामध्ये ९० जनामा एचपीभी डीएनए संक्रमण पुष्टि भएको छ। महानगरपालिकाका अनुसार २०८२ चैत १६ देखि २०८३ वैशाख २१ सम्म सञ्चालन गरिएको परीक्षणमा १२ जनामा एचपीभी–१६, १३ जनामा एचपीभी–१८ र ६५ जनामा अन्य प्रकारका एचपीभी संक्रमण देखिएको हो। एचपीभी संक्रमण...

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन हुदै गेटा अस्पताल

काठमाडौं । सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार गेटा अस्पताल अब सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको हो । यससँगै अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका साथै चिकित्साशास्त्र अध्ययन...

अत्याधिक मोबाइल-कम्प्युटर हेर्नुहुन्छ, उसो भए ‘२०-२०-२०’ नियम पालना गर्नुहोस्

काठमाडौं, २३ असार । आजको संसारमा मोबाइल फोन, ल्यापटप र कम्प्युटर बिनाको दिनको कल्पना गर्न पनि गाह्रो छ। कार्यालयको काम होस्, अनलाइन अध्ययन वा सामाजिक सञ्जालको प्रयोग धेरैजसो मानिसहरू घण्टौँसम्म स्क्रिनमा एकोहोरो हेरिरहन्छन्।  यसले मुख्यतया आँखामा असर पार्छ, लामो समयसम्म स्क्रिन हेर्दा आँखा पोल्ने, सुख्खा हुने, धमिलो देखिने, टाउको दुख्ने र आँखा थाक्नेजस्ता समस्याहरू देखा पर्न सक्छन्। आँखालाई...

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

काठमाडौं, २२  असार । वर्षायामले गर्मीबाट राहत त ल्याउँछ तर यस समयमा आद्रतासँगै आर्द्रता पनि हुन्छ, जसले स्वास्थ्यमा असर गर्ने मात्र होइन, छालासम्बन्धी समस्या पनि चाँडै देखिन थाल्छन्।  यस समयमा फंगल संक्रमण र दागहरू देखिन सक्छन् । यस बाहेक डण्डीफोर, पिम्पल र चिलाउने दागले अनुहारको सौन्दर्य घटाउँछ। तैलीय छाला भएका मानिसहरूका लागि यो सिजन अझ चुनौतीपूर्ण हुन्छ किनभने नमी र तेलले छालाको...

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस्

काठमाडौं, ९ असार । मानिसहरु प्रायः उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागती मिसाएर पिउने गर्दछन्। वास्तवमा यसको पछाडिको कारण यो हो कि यो पानीले हाम्रो शरीरलाई डिटोक्सिफाई गर्छ जबकि कागती पानी डिटोक्सिंग पेय होइन। यस पानीलाई डिटोक्सिफायरको रूपमा नबिर्सनुहोस् किनभने यसमा त्यस्तो कुनै पनि तत्व हुँदैन्  । जो हाम्रो तौल घटाउन मद्दत गर्छ र पेट सफा राख्छ तर यसलाई खाली पेटमा पिउनु ठीक होइन । हामी...

सरकारलाई विज्ञहरुको सुझावः डिएनए परीक्षण सम्बन्धि तत्काल कानूनी व्यवस्था गरियोस्

विज्ञहरूले डीएनए परीक्षणका लागि आवश्यक कानूनी व्यवस्था तत्काल गर्न सरकारलाई सुझाव दिएका छन्। विज्ञहरु ओमप्रकाश शर्मा, गोपाल चौधरी र निराजन थापाले नेपालमा डिएनए परीक्षणका लागि कानूनी व्यवस्था नभएकाले तत्काल बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र...

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ, २४ जेठः दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै...

इबोला भाइरस जोखिमलाई मध्यनजर गर्दै सम्भावित प्रवेशबिन्दुहरूमा उच्च शतर्कता

अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अन्तरराष्ट्रिय चासोको स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।  अफ्रिकी मुलुकहरूमा इबोला भाइरस संक्रमण देखिएपछि नेपाल सरकारले इबोला भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका काम तिब्र बनाएको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार...

सर्पदंशबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, १२ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बच्न आग्रह गरेको छ । गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बच्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने भएकाले सतर्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्प रहेका छन् ।...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा, ७ जेठः जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आउनुभएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको सर्केगाड गाउँपालिका-१ की १९ वर्षीया ललिता नेपाली छ दिनदेखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि उहाँलाई आज सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्र्रशासन...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।