Category

स्वास्थ्य

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

वाशिंगटन, २२ साउन । संयुक्त राज्य अमेरिकामा ‘क्यान्डिडा ओरिस’ को बढ्दो संक्रमणले चिकित्सा विज्ञहरूमा चिन्ता बढाएको छ।  ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले जनाए अनुसार यस वर्ष हालसम्म अमेरिकाका २७ राज्यहरूमा खतरनाक ‘फंगस’ का प्रकारहरू फेला परेका छन्। औषधि प्रति प्रतिरोध क्षमता तथा प्रभावकारी खोप वा उपचारको अभावले गम्भीर चिन्ताको विषय बनाएको छ। क्यान्डिडा ओरिस एक प्रकारको ‘यिस्ट’...

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा,स्वास्थ्य संस्थामाथि हुने आक्रमण तथा बिरामीमाथि हुन सक्ने लापरवाहीलाई समान रूपमा गम्भीरतापूर्वक लिँदै स्वास्थ्य सेवामा विश्वास,सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’को नीति...

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस्

काठमाडौं, १३ साउन । अनुहारका चाउरीपना हटाउन तपाईं घरमै सीरम तयार पारेर प्रयोग गर्न सक्नुहुन्छ। यसमा कुनै पनि रसायन नहुने भएकाले छालामा साइड इफेक्ट हुने जोखिम हुँदैन। यो सीरमको प्रयोगले छालामा चमक ल्याउन र चाउरीपनाबाट राहत पाउन मद्दत गर्न सक्छ। प्रदूषण, अस्वस्थ जीवनशैली र असन्तुलित खानपानजस्ता कारणले छाला सम्बन्धी समस्याहरू देखा पर्छन्। यसका साथै कम उमेरमै छालामा चाउरीपन आउन सक्छ र छालाको कसिलोपन...

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

काठमाडौं, १२ साउन । क्यान्सरलाई सामान्यतया मानिस वा जनावरको शरीरभित्रै विकसित हुने रोग मानिन्छ । यो तब सुरु हुन्छ, जब शरीरका आफ्नै कोषहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन्। यद्यपि, वैज्ञानिकहरूले क्यान्सरको एउटा यस्तो दुर्लभ प्रकार पत्ता लगाएका छन्, जुन एउटै जीवको शरीरमा मात्र सीमित रहँदैन, बरु एउटा माछाबाट अर्को माछामा सर्न सक्छ। नेचर नामक जर्नलमा प्रकाशित एक नयाँ अध्ययनमा वैज्ञानिकहरूले ‘ब्राउन...

चिकित्सक संघद्वारा आजपनि देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्दको घोषणा

काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीमाथि कारबाही गर्न सरकार उदासीन बनेको भन्दै आज पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले यसअघि मंगलबार पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको थियो...

स्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याउन सम्बन्धित सरकारी निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि स्पष्ट पारेको छ । मन्त्रालयले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक तथा...

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा आन्दोलनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनामा संलग्नलाई कानुनअनुसार...

नारायणी अस्पताल घटनामा एक जना पक्राउ

वीरगञ्ज । नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटना पछि चिकित्सकमाथी भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  घटनाको वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वय गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रतिनिधि टोली वीरगञ्ज पठाइएको छ ।  मन्त्रालयका अनुसार घटनामा संलग्न एक जना पक्राउ परिसकेका छन् भने थप अनुसन्धान प्रक्रिया अगाडि...

स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा मन्त्रालयले माग्यो सुझाव

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएका विधेयकहरूको मस्यौदामा सर्वसाधारण तथा सरोकारवालासँग राय–सुझाव मागेको छ। मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन,२०४९ लाई संशोधन गर्न तयार बनेको विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न...

सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने विषयमा छलफल

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा देशभर जलन उपचार व्यवस्थापनको वर्तमान अवस्था, उपलब्ध सेवा, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जानकारी दिएको छ । प्रत्येक स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो संस्थामा सञ्चालित जलन उपचार सेवाको अवस्था...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।