काठमाडौँ । शक्तिशाली आँधी ‘डल्फिन’ चीनको पूर्वी क्षेत्रमा प्रवेश गरेपछि सांघाईसहित विभिन्न स्थानबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । झेजियाङ प्रान्तमा आँधी प्रतिघण्टा १५० किलोमिटरसम्मको वेगमा प्रवेश गरेको थियो । आँधीका कारण सांघाईमा मात्रै १ हजार ४ सय उडान रद्द भएका छन् भने यातायात सेवा प्रभावित भएको छ । चीनका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेकाले...










