ब्राजिलमा हेलिकोप्टर दुर्घटना, तीन महिलासहित चार जनाको मृत्यु

एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । ब्राजिलको रियो दि जेनेरियोमा हेलिकोप्टर दुर्घटना हुँदा तीन महिलासहित चार जनाको मृत्यु भएको छ ।

अल्टो दा बोआ भिस्टाको भिस्टा चिनेसा क्षेत्रमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएपछि जंगलमा आगलागीसमेत भएको थियो ।

घटनास्थलमा पुगेको उद्धार टोलीले हेलिकोप्टरको भग्नावशेष फेला पारेको थियो ।  मृतकमध्ये हेलिकोप्टर चालक र कोलम्बियाका एकै परिवारका तीन महिला रहेको बताइएको छ ।

रियो दि जेनेरियोका नगर प्रमुखले घटनाप्रति दुःख व्यक्त गर्दै उडान सुरक्षामा निगरानी बढाउन नागरिक उड्डयन निकायसँग आग्रह गरेका छन् ।

रियोमा यसअघि जुन महिनामा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा छ जनाको मृत्यु भएको थियो । पछिल्लो दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।