Category

अन्तर्राष्ट्रिय

अ

भारत–बंगलादेश रेल सेवा पुनः सञ्चालनको तयारी

काठमाडौँ । सुरक्षा चिन्ताका कारण सन् २०२४ देखि बन्द रहेका भारत र बंगलादेशबीचका मैत्री, मिताली र बन्धन एक्सप्रेस रेल सेवा पुनः सञ्चालन गर्ने विषयमा छलफल हुने भएको छ ।  दुई देशका रेल अधिकारीबीच ढाकामा सुरु हुने दुईदिने अन्तरसरकारी रेल बैठकमा यस विषयमा औपचारिक छलफल हुने भएको हो । बैठकमा सहमति जुटेमा कोलकाताबाट ढाका र खुल्ना तथा नयाँ जलपाइगुडीबाट ढाकासम्म सञ्चालन हुने तीनवटै रेल सेवा आगामी...

अस्ट्रेलियाली विदेशमन्त्री वाङबाट नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौँ । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वाङले क्यानबेरास्थित नेपाली दूतावासमा पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन् । नेपालमा आएको विपत्तिप्रति दुःख व्यक्त गर्दै विदेशमन्त्री वाङले अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताएकी छन् । उनले शोक पुस्तिकामा लेखेकी छन्- ‘अस्ट्रेलिया नेपालका जनताको साथमा छ । आज मैले क्यानबेरास्थित नेपाली दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेकी छु ।’...

आइफिल टावरमा महिला कर्मचारी हटाएपछि विवाद

काठमाडौँ । पेरिसस्थित आइफिल टावरमा धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीलाई ड्युटीबाट हटाइएको आरोपपछि विवाद चर्किएको छ । करिब १०० सदस्यीय हिन्दू धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा केही महिला कर्मचारीलाई जिम्मेवारीबाट हटाएर पुरुष कर्मचारी खटाइएको आरोप लागेपछि आइफिल टावरका कर्मचारीले विरोध जनाएका थिए । विवादपछि आइफिल टावर सञ्चालन गर्ने कम्पनीले प्रतिनिधिमण्डलबाट महिला...

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

ढाका, २३ भदौ।  हालैका दिनहरूमा बङ्गलादेशको राजधानी ढाकामा गोलीकाण्ड, हत्या, लुटपाट र अन्य हिंस्रक अपराधका घटनाहरू ह्वात्तै बढेका छन्। यसले बिग्रँदो शान्ति-सुरक्षाको अवस्थाप्रति नयाँ चिन्ता जन्माएको छ, किनकि अपराधीहरू सामान्य जस्ता देखिने घटनाहरूमा पनि हिंसामा उत्रिन थालेका छन्। पछिल्लो घटनामा, हिजो दिउँसो राजधानीको सबुजबगस्थित आदर्शपाडा क्षेत्रको एउटा घरमा स्थानीय अपराधीहरूको समूह...

चीन र सिङ्गापुरबीच संयुक्त समुद्री सैन्य अभ्यास

काठमाडौँ । चीन र सिङ्गापुरबीचको संयुक्त समुद्री सैन्य अभ्यास चीनको दक्षिणी ग्वाङदोङ प्रान्तमा सुरु भएको छ । दुई देशबीच यस्तो संयुक्त अभ्यास हुन लागेको यो पाँचौँ पटक हो । झानजियाङस्थित चिनियाँ नौसेना बन्दरगाहमा अभ्यासको उद्घाटन गरिएको हो । झानजियाङ आसपासको समुद्री क्षेत्र र हवाई क्षेत्रमा सञ्चालन हुने अभ्यासमा वास्तविक हतियारसहितको सैन्य अभ्यास, समुद्रमै इन्धन तथा आवश्यक सामग्री आपूर्ति र संयुक्त...

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

मस्को, २१ भदौ । युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई गति दिने उद्देश्यले सप्ताहान्तमा हुन लागेको वार्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई उच्च दूत मस्को आइपुगेका छन्। स्टिभ विटकफ र जारेड कुशनर शनिबार रुसी राजधानी आइपुगेका हुन्। उनीहरूले त्यहाँ वार्ता गर्नेछन् र त्यसपछि आइतबार युक्रेनसँग छलफल गर्न किभ जाने कार्यक्रम छ। ट्रम्पले शुक्रबार पत्रकारहरूलाई बताए अनुसार उनीहरू “युद्ध...

ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का सार्वजनिक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित एक डलरको विशेष सिक्का सार्वजनिक गरिएको छ । जीवित राष्ट्रपतिको तस्बिर अमेरिकी मुद्रामा राखिएको यो एक शताब्दीपछि पहिलो घटना भएको बताइएको छ । अमेरिकी टकसालले बुधबार अमेरिकाको २५०औँ वार्षिकोत्सवको अवसरमा ट्रम्पको तस्बिरसहितको एक डलरको विशेष सिक्का सार्वजनिक गरेको हो। सिक्कामा ट्रम्पको तस्बिरसँगै ‘स्वतन्त्रता’ र ‘हामी ईश्वरमा विश्वास गर्छौँ’...

आज यी नदीमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । रसुवामा आएको बाढीपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बाढी पूर्वानुमानअनुसार आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली, महाकाली तथा यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार आज कोशी नदीअन्तर्गत सप्तकोशी, चतरा, तमोर...

रुस-युक्रेन युद्धमा ब्ल्याक सी ठूलो मोर्चा बन्दै

काठमाडौँ । रुस-युक्रेन युद्धमा ब्ल्याक सी अहिले युद्धको ठूलो मोर्चाका रूपमा देखिन थालेको छ । पछिल्लो करिब डेढ महिनामा दुवै पक्षले ३०० भन्दा बढी पानीजहाजलाई निशाना बनाएको बताइएको छ । निशानामा अनाज बोकेका पानीजहाज, तेल ट्यांकर तथा अन्य मालवाहक पानीजहाज परेका छन् । लगातारको आक्रमणका कारण ब्ल्याक सीको समुद्री व्यापार प्रभावित भएको छ । पानीजहाज सञ्चालकहरू यो मार्ग प्रयोग गर्नबाट जोगिन थालेका छन् भने...

इजिप्ट भ्रमणः सिकाे मध्यपूर्वका लागि नयाँ सुरक्षा संरचनासम्बन्धी चारबुँदे प्रस्ताव

काठमाडाैं, १७ भदाैं । चिनियाँ राष्ट्रपति सी चिनफिङले मध्यपूर्वमा नयाँ सुरक्षा संरचना निर्माणका लागि चारबुँदे प्रस्ताव अघि सारेका छन्। साझा, व्यापक, सहयोगात्मक र दिगो सुरक्षाको अवधारणालाई आत्मसात गर्दै उनले बुधबार उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।  इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँगको वार्ताका क्रममा राष्ट्रपति सीले मध्यपूर्वी देशहरूबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई चीनले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।