Category

अन्तर्राष्ट्रिय

१४ बुँदामा जानौं अमेरिका र इरानबीचको सम्झौता

काठमाडौँ । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको समझदारी पत्रमा हस्ताक्षर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पजशकियानले हस्ताक्षर गरेसँगै यो समझदारी कार्यान्वयनमा आएको छ । एक अमेरिकी अधिकारीले पत्रकारहरूसँगको टेलिफोन संवादमा १४ बुँदे यो सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेका हुन् । यसअनुसार हर्मुज जलडमरूमध्यलाई ६० दिनका लागि निःशुल्क...

इटालीकी प्रधानमन्त्री मेलोनीको लिक कुराकानी भाइरल

काठमाडौँ । फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा विश्व नेताहरूबीच भएको अनौपचारिक कुराकानी माइक्रोफोनमा रेकर्ड भएपछि त्यसले व्यापक चर्चा पाएको छ । नेताहरूलाई चुरोट, फुटबल र उपहारजस्ता विषयमा हल्का मजाक गर्दै गरेको सुनिएको थियो । सबैभन्दा बढी चर्चा भने इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले चुरोट छाडेको विषयलाई लिएर भएको संवाद बाहिरिएको छ र यसको चर्चा सामाजिक संजाल र मिडियामा भइरहेको छ । बैठक...

बङ्गलादेशी प्रधानमन्त्रीका सल्लाहकारलाई भारतको दिल्ली विमानस्थलमा रोकियो

काठमाडौँ । बङ्गलादेशका प्रधानमन्त्रीका सल्लाहकार डा. जाहेद उर रहमानलाई भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको घटना सार्वजनिक भएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई अध्यागमन अधिकारीहरूले करिब दुई घण्टा प्रतीक्षालयमा राखेर विभिन्न विषयमा सोधपुछ गरेका थिए । त्यसपछि उनले आफ्नो राहदानी फिर्ता माग्दै भारत प्रवेश नगर्ने निर्णय गरेका थिए । पछि उनी कोलम्बो हुँदै सोमबार बिहान...

अमेरिका-इरान सम्झौताको घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट

काठमाडौँ । अमेरिका र इरानबीच भएको शान्ति सम्झौताको घोषणापछि एसियाली बजारमा कारोबार सुरु हुने क्रममा अन्तर्राष्ट्रिय तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताअनुसार विश्व व्यापारका लागि महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याइने बताएका छन् । त्यसपछि विश्व बजारमा तेल आपूर्तिसम्बन्धी चिन्ता कम हुँदा मूल्य घट्न पुगेको हो । वैश्विक मानक...

ब्राजिलमा बन्जी जम्पिङ गर्दा डोरी बाध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु

काठमाडौँ । ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङ गर्ने क्रममा भएको दर्दनाक दुर्घटनामा २१ वर्षकी युवतीको ज्यान गएको छ । घटनामा सुरक्षा डोरी नलगाइ पुलबाट फालिएपछि उनी १३० फिटभन्दा धेरै गहिरो खाल्डोमा खस्दा मृत्यु भएको बताइएको छ । मृतकको पहिचान मारिया एडुआर्दा रोड्रिग्स दि फ्रेटासका रूपमा गरिएको छ । उनी निजी कम्पनीले आयोजना गरेको बन्जी जम्पिङ कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । दुर्घटना...

अमेरिका पुग्यो इरानी फुटबल टिम

काठमाडौँ । इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्नका लागि संयुक्त राज्य अमेरिका पुगेको छ । दुई देशबीच शान्ति सम्झौता घोषणा भइरहेको समयमै इरानी टोली लस एन्जलस पुगेको हो । इरानले मंगलबार बिहान  न्युजील्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । शान्ति सम्झौताले युद्ध बढ्ने आशंका केही कम गरे पनि टोलीसँग जोडिएका विवादहरू भने अझै अन्त्य भएका छैनन् । इरानका स्ट्राइकर मेहदी तारेमीले दुई देशबीचको...

दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १८ जनको मृत्यु, संघर्ष जारी

दक्षिणी लेबनानमा भएका इजरायली आक्रमणहरूमा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सी, नागरिक रक्षा र स्वास्थ्य अधिकारीहरूले यसको पुष्टि गरेका छन् । सबैभन्दा घातक आक्रमण टायर जिल्लाको टायर डेब्बा सहरमा भएको थियो, जहाँ प्रारम्भिक विवरणअनुसार नौ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । हिजबुल्लाहले बुधवार दक्षिणी लेबनानको...

पाकिस्तान नियन्त्रित कश्मिरमा सैनिक विमान दुर्घटनाः २२ जनाको मृत्यु

पाकिस्तान नियन्त्रित काश्मिरमा एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा २२ जना सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले बिहीवार जनाएका छन् । पाकिस्तान प्रशासित काश्मिरको मुजफ्फराबाद जिल्ला नजिकै सेनाको उड्डयन विभागको ’एमआई–१७’ (ःष्–१७) हेलिकप्टर दुर्घटना भएको हो। उक्त दुर्घटनामा एक कर्णेल र दुई मेजरसहित अन्य १९ जना सैनिक कर्मचारीको मृत्यु भएको छ । यसअघि, सेनाको सञ्चार शाखा ’इन्टर–सर्भिस पब्लिक रिलेसन्स’...

इरानमाथि आजराती ठुलो आक्रमण गर्ने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राती इरानमाथि ‘अत्यन्त ठूलो आक्रमण’ गर्ने दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले इरानी नौसेना, वायुसेना, राडार, हवाई प्रतिरक्षा प्रणाली तथा अधिकांश आक्रमण क्षमता पहिले नै ध्वस्त भइसकेको दाबी गर्दै थप सैन्य कारबाही हुने बताएका हुन् । ट्रम्पले निकट भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप तथा अन्य...

ओमानको तट नजिक भारतको अर्को तेल जहाजमा आक्रमण

काठमाडौँ । ओमानको तट नजिक बिहीबार भारतीय चालक दल रहेको तेल जहाज एमटी जलवीरमा आक्रमण भएको छ । आक्रमणपछि जहाजमा आगलागी भएको छ । आक्रमण कसले गर्‍यो भन्ने स्पष्ट भएको छैन । घटनापछि भारतीय दूतावासले स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको र अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ । यसअघि होर्मुज जलमार्ग नजिक बुधबार तेल बोक्ने अर्को जहाज एमटी सेत्तेबेल्लोमा भएको आक्रमणमा तीन जना भारतीयको मृत्यु भएको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।