अमेरिकी-इरानी नागरिक डेना करारी इरानको हिरासतबाट मुक्त

काठमाडौँ । इरानले सन् २०२४ डिसेम्बरदेखि हिरासतमा राखिएकी अमेरिकी-इरानी नागरिक डेना करारीलाई रिहा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करारी सुरक्षित रूपमा इरानबाट बाहिरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको पुष्टि गरेका छन् ।

ट्रम्पले इरानको यस निर्णयलाई ‘सद्भावनापूर्ण कदम’ को संज्ञा दिएका छन् । उनले  पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा गलत रूपमा हिरासतमा लिइएकी एक अमेरिकी नागरिकलाई इरानले देश छाड्न अनुमति दिएको बताएका हुन् ।

उनले करारी अहिले सुरक्षित रहेको र उनको अवस्था राम्रो रहेको उल्लेख गर्दै इरानको यस कदमको अमेरिकाले स्वागत गरेको बताएका छन् ।

अमेरिका र इरानबीच तनाव बढिरहेका बेला यो रिहाइलाई अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ । विशेषगरी दुवै देशबीच बढ्दो विवाद र होर्मुज जलडमरूमध्य क्षेत्रमा अमेरिकी सैन्य गतिविधि तीव्र भइरहेका बेला भएको यो घटनाक्रमलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।