Category

खेलकुद

अस्ट्रेलियाविरुद्ध बंगलादेशको ऐतिहासिक जित

काठमाडौँ । बंगलादेशले अस्ट्रेलियालाई डर्विनमा भएको पहिलो टेस्टमा नौ विकेटले पराजित गर्दै अस्ट्रेलियाको भूमिमा पहिलो टेस्ट जित हात पारेको छ । अस्ट्रेलियामा बंगलादेशको यो तेस्रो प्रयासमा पहिलो जित हो । यसअघि नौ वर्षअघि घरेलु मैदानमा पनि बंगलादेशले अस्ट्रेलियालाई टेस्टमा हराएको थियो । अस्ट्रेलियाले दोस्रो इनिङमा २८४ रनमा सबै विकेट गुमाएपछि बंगलादेशले जितका लागि ५७ रनको लक्ष्य पाएको थियो । जसलाई एक...

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।  आयोजक इन्फिनिटी ड्रिम्सले तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म अर्थात अक्टोबर १ देखि १० सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने जानकारी दिएको हो ।  नेपाल भलिबल संघबाट स्वीकृति पाएसँगै लिगको तेस्रो संस्करणका लागि आवश्यक तयारी औपचारिक...

नेपाली क्रिकेट टिमले एसीसी प्रिमियर कपको तयारी भारतमा गर्ने

काठमाडौं । मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ । नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाँबाट सिधै एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने क्यानले जनाएको छ । एकदिवसीय फर्म्याटमा हुने एसीसी प्रिमियर कप अगस्ट ३०...

अस्ट्रेलियाविरुद्ध बंगलादेशको उत्कृष्ट ब्याटिंग, १५३ रनको अग्रता

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको जारी टेस्ट खेलमा बंगलादेशले १५३ रनको अग्रता बनाएको छ । डर्विनमा जारी खेलको दोस्रो दिनको खेल सकिदा बंगलादेशले पहिलो इनिंगमा ६ विकेट गुमाएर ३५१ रन बनाएको छ । बंगलादेशका लागि तान्जिद हसनले १०१ रनको शतकीय पारी खेलेका थिए भने कप्तान नजमुल होसैन शान्तोले ८४ रन बनाएका थिए । त्यस्तै मोमिनुल हकले ४९ र मुशफिकुर रहमानले ३६ रन बनाएका थिए । दोस्रो दिनको खेल सकिदा मेहिदी हसन...

पानीको विषयमा खेलाडीबीच भएको विवादमा ६२ वर्षीय श्रीलंकन प्रशिक्षकको मृत्यु

काठमाडौँ । श्रीलंकामा पानीको विषयलाई लिएर दुई खेलाडीबीच भएको विवादमा चोट लागेका ६२ वर्षीय क्रिकेट प्रशिक्षक सुमिथ फर्नान्डोको मृत्यु भएको छ । घटना अगस्ट ८ मा भएको भए पनि यसबारेको जानकारी बिहीबार सार्वजनिक भएको हो । प्राप्त विवरणअनुसार एक खेलका क्रममा दुई खेलाडीबीच पानीको विषयमा विवाद भएको थियो । सोही क्रममा प्रशिक्षक फर्नान्डोलाई चोट लागेको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै...

म्यानचेस्टर सिटीका तिजानी ५.२० करोड पाउन्डमा साउदी क्लबमा

काठमाडौं, २९ साउन । म्यानचेस्टर सिटीका मिडफिल्डर तिजानी रेइन्डर्स ५ करोड २० लाख पाउन्डको सम्झौतामा साउदी प्रो लिगको क्लब अल कादसियामा आबद्ध हुने तयारीमा छन्। सिटीले यी डच खेलाडीका लागि रकममा सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । उनी गत गर्मीमा एसी मिलानबाट सिटीमा आउँदा ४ करोड ६५ लाख पाउन्डमा अनुबन्धित भएका थिए। सिटीमा रेइन्डर्सको सुरुवात उत्कृष्ट भए पनि पेप ग्वार्डिओलाको क्लबमा...

नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक बने जाभी

काठमाडौँ । नेदरल्यान्ड्सले बार्सिलोनाका पूर्वप्रशिक्षक तथा स्पेनका पूर्वस्टार खेलाडी जाभी हर्नान्डेजलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । निराशाजनक विश्वकपपछि रोनाल्ड कोएम्यानको बहिर्गमनसँगै ४६ वर्षीय जाभीलाई चार वर्षका लागि जिम्मेवारी दिइएको हो । जाभीले सन् २०२४ मा बार्सिलोनाको प्रशिक्षक पद छाडेपछि दुई वर्षपछि प्रशिक्षणमा पुनरागमन गरेका हुन् । उनले नेदरल्यान्ड्सलाई सन् २०२८...

बंगलादेशविरुद्ध अस्ट्रेलिया १९८ रनमै समेटियो

काठमाडौँ । डार्विनमा अस्ट्रेलिया र बंगलादेशबीचको दुई खेलको टेस्ट सिरिजको पहिलो खेल जारी छ । पहिलो दिनको खेल सकिँदा बंगलादेशले एक विकेट गुमाएर ९६ रन बनाएको छ । तन्जिद हसन तमीम ३२ र मोमिनुल हक ३५ रनमा अविजित छन्। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियालाई बंगलादेशका तीव्र गतिका बलर हसन महमुदले दबाबमा राखेका थिए । उनले ६ विकेट लिएपछि अस्ट्रेलिया ५३ ओभरमा १९८ रनमै समेटियो । त्यस्तै तस्किन अहमद र...

बेजोससहितको समूहले लिभरपुलमा ३० प्रतिशत हिस्सा किन्न वार्ता अघि बढायो

काठमाडौं । विश्वका धनाढ्य अमेरिकी व्यवसायी तथा अमेजनका संस्थापक जेफ बेजोससहितको एउटा समूहले इंग्लिस फुटबल क्लब लिभरपुलमा करिब ३० प्रतिशत हिस्सा किन्नका लागि भइरहेको वार्तालाई अघि बढाएको छ । समूहको नेतृत्व बेलायती-भारतीय व्यवसायी अमित भाटियाले गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक एडुआर्डो सेभेरिन पनि समूहमा सहभागी छन् । लिभरपुलका वर्तमान मालिक फेनवे स्पोर्ट्स ग्रुपले गत महिना उक्त...

क्यानको रोहितलाई धन्यवाद, भन्यो- एकपटकको लिडर सधैको लिडर !

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टोलीका पूर्वकप्तान रोहित पौडेललाई उनको नेतृत्व, समर्पण र योगदानका लागि धन्यवाद दिएको छ । क्यानले रोहितको नेतृत्वमा राष्ट्रिय पुरुष टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै नेपाली क्रिकेट यात्रामा लामो समयसम्म स्मरणीय रहने क्षणहरू सिर्जना गरेको जनाएको छ । रोहितले टोली, देश र खेलप्रति देखाएको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको उल्लेख गर्दै...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।