Category

राष्ट्रिय समाचार

सुर्खेतमा खुकुरी प्रहारबाट एक जना घाइते, तीन जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले स्थित भिजिट कर्णाली दोहोरी साँझबाहिर सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर-४ कालागाउँ बस्ने ३३ वर्षीय जीवन कुमार शाही रहेका छन् । उनको कर्णाली प्रदेश अस्पताल, कालागाउँमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको छ । खुकुरी प्रहारमा संलग्न वीरेन्द्रनगर-९ का १९ वर्षीय रोशन शाही, पञ्चपुरी...

साना नदीमा बाढीको जोखिम बढ्ने, २० जिल्लामा सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने अनुमान गरेको छ ।  कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्व राप्ती, पश्चिम राप्ती, बबई तथा तिनका सहायक नदीहरूमा पानीको सतह बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशीपारिका जिल्ला...

भारी वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू आंशिक तथा पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरी तथा सडक विभागको पछिल्लो विवरण अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका हुन्। कोशी प्रदेशको ईलाम नगरपालिका वडा नं. ९ राजदुवाली (झापा देखि ताप्लेजुङ सडक खण्ड) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध...

जवाङ खोलाको पहिरो हटाइयो, सडक सुचारु

धादिङ । सुख्खा पहिरोले अवरुद्ध रहेको पृथ्वी राजमार्ग सुचारू भएको छ । 

विहिबार अपराहन्नदेखि धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोला नजिक सुख्खा पहिरो गएपछि दुईतर्फी अवरुद्ध भएको सडक करिब ११ घण्टा पछि शुक्रबार बिहान ४ बजेदेखि सुचारु भएको हो । 

पहिरो खस्ने क्रम लामो समयसम्म जारी रहेकाले पहिरो हटाउन समय लागेको प्रहरीले जनाएको छ ।

Post Views: 100 7

कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ

सिरहा । सिरहाको सिरहा नगरपालिका-७ बाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा देश भारत निवासी अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन । चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बीआर ०७ एजेड ४२१५ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको कटुवा पेस्तोल र गोली बरामद गरिएको हो । पेस्तोल, गोली र मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिमाथी थप अनुसन्धान...

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

इनरुवा (सुनसरी), ३२ असारः बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार...

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर (नवलपरासी), ३१ असारः देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको कामले तीव्रता पाएको छ । सङ्घ र प्रदेश सरकारका अधिकांश कार्यालय एउटै प्रशासनिक परिसरमा सञ्चालन गर्ने उद्देश्यले कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्माण भइरहेको हो । नेपालको संविधान–२०७२ अनुसार नवलपरासी विभाजनपछि बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका लागि करिब १८४ बिगाहा क्षेत्रफलमा यो आयोजना...

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी, ३२ असारः यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण भएको छ । वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, पानी पुनरभरण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी बनाएका हुन् । पानी र अहारका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्ने, पोखरीमा पानी भरेर चिस्यान कायम राख्ने र डढेलो निभाउनका...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको जानकारी दिएको छ । हाल देशभरमा साधारणतया बादल लागेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा...

मुख्य राजमार्गमा वर्षाको प्रभाव : ६ सडक पूर्ण अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार हाल ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने ६ स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । कोशी प्रदेशमा तीन स्थानमा सडक प्रभावित भएका छन् । भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ । इलाम...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।