सुर्खेतमा खुकुरी प्रहारबाट एक जना घाइते, तीन जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले स्थित भिजिट कर्णाली दोहोरी साँझबाहिर सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा वीरेन्द्रनगर-४ कालागाउँ बस्ने ३३ वर्षीय जीवन कुमार शाही रहेका छन् । उनको कर्णाली प्रदेश अस्पताल, कालागाउँमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको छ ।

खुकुरी प्रहारमा संलग्न वीरेन्द्रनगर-९ का १९ वर्षीय रोशन शाही, पञ्चपुरी नगरपालिका-८ का १८ वर्षीय भरत बोगटी र अर्का १६ वर्षीय किशोरलाई एक थान खुकुरी सहित पक्राउ गरिएको र अर्का एकजना प्रतिवादी फरार रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।