कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ

सिरहा । सिरहाको सिरहा नगरपालिका-७ बाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा देश भारत निवासी अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन । चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बीआर ०७ एजेड ४२१५ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको कटुवा पेस्तोल र गोली बरामद गरिएको हो । पेस्तोल, गोली र मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।