Category

राष्ट्रिय समाचार

मकवानपुर र कैलालीमा जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

काठमाडौँ । मकवानपुर र कैलालीमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन्। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौरा न्यौपानेटार निवासी ६८ वर्षीय सिताराम नेपाललाई १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यस्तै, कैलालीको भजनी नगरपालिका–७ हिक्मतपुर...

प्रेमिकासँग विवाह गराइदिन माग गर्दै टेलिकम टावर चढेका युवकको सकुशल उद्धार

रौतहट, ३ साउन। सर्लाहीको सदरमुकाम मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले करिब साढे तीन घण्टाको प्रयासपछि सकुशल उद्धार गरेका छन्। जिल्लाको गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका थिए। उनले आफूले...

चितवन दुर्घटना: घाइतेको संख्या बढेर ३३ पुग्यो

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई यात्रुवाहक बस र एउटा ट्रक एकापसमा ठोक्किँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । बिहान काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १२३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६  जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकीमा २ जनाको मृत्यु भएको छ भने मधेश, बागमती, लुम्बिनी र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १२३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने काठमाडौँ...

म्याग्दी मालिकाको बिम गाउँमा पाथीभरा माताको मन्दिर स्थापना

काठमाडौँ। म्याग्दी मालिका गाउँपालिका-७ बिम गाउँमा पाथीभरा देवीको मन्दिर स्थापना भएको छ। पाथीभरा आयुर्वेद अस्पताल काठमाडौँका चिकित्सक बीपी तिम्सिनाको अगुवाइमा मन्दिर स्थापना भएको हो। उक्त ठाउँको ‘गुरुचेला धुरी’को नाममा चर्चित डाँडामा तिम्सिनाले पाथीभरा मन्दिर स्थापना गरेका हुन्। उक्त मन्दिर असार २५ देखि सञ्चालनमा आएको छ। २६ असारमा प्राढप्रतिष्ठा र २७ गते विशेष पुजा ‘हवन’ गरी मन्दिर सञ्चालनमा...

चितवनमा तीन सवारी साधन ठोक्किदा २६ जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । आइतबार बिहान काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।...

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि नदी तथा खोलामा बहाव बढ्ने पूर्वानुमान गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले ठूला नदीहरू हाल सतर्कता तहभन्दा तल रहे पनि धेरै नदीमा बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली तथा तिनका सहायक नदी, साथै कन्काई, कमला, बबई, पूर्व राप्ती...

नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड रातिमा बन्द

चितवन । नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड रातिमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर गए राति १० बजेदेखि सडक बन्द हुने जानकारी दिएको हो । अर्को सूचना जारी नहुँदासम्म सडक बन्द रहने बताइएको छ ।  सूचनामा भनिएको छ- ‘रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई मध्यनजर गरी आज राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले  हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको जानकारी दिएको । हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का देखि...

पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो

काठमाडौं । आज साउनको पहिलो दिन देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालय दर्शनार्थीको घुइँचो लागेको हो । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।