मकवानपुर र कैलालीमा जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

काठमाडौँ । मकवानपुर र कैलालीमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन्।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौरा न्यौपानेटार निवासी ६८ वर्षीय सिताराम नेपाललाई १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यस्तै, कैलालीको भजनी नगरपालिका–७ हिक्मतपुर निवासी २८ वर्षीय सुनिल डगौरालाई ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडितको उजुरीपछि इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।