Category

राष्ट्रिय समाचार

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग आजदेखि सञ्चालनमा आउदै

काठमाडौँ । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि आजदेखि चौबीसै घण्टा सञ्चालनमा आउदैछ ।  आज नागढुंगा सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिकोले नेपालस्थित जापानी राजदूत माएदा तोरुले संयुक्त रुपमा गर्न लागेका छन् ।  सुरुङमार्ग निर्माण आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र...

पहिरो र बाढीले देशका दर्जनभन्दा बढी सडक अवरुद्ध

काठमाडौँ । लगातारको वर्षापछि आएको पहिरो, लेदो र नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरीले केही सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन रोकिएको तथा केही सडकमा रातिको समयमा मात्र सञ्चालनमा रोक लगाइएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै...

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

चितवन । जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको...

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

पर्सा । पर्सामा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२४ बस्ने सोही महानगरपालिका-२८ बगही घर भएका २२ वर्षीय आकाश तिवारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा संलग्न रही २०८२ साउन २३ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरंगज महानगरपालिका-६ बाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Post Views: 100 11

पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका –०९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् । शुक्रबार बिहान करिब ४:३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगी प्रभावित १३ घरधुरीको घरपरिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडावर्तन...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जनाएको छ । हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ। हाल दिउँसो देशको हिमाली र पहाडी...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम थाई गाँजासहित दुई जना भारतीय महिला पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बिहीबार राति थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडानमार्फत नेपाल आएका विदेशी यात्रुको निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूले साथमा ल्याएको सुटकेसभित्र लुकाएर राखिएको आठ किलोग्राम थाई गाँजा बरामद गरेको जनाएको छ । पक्राउ...

ढल्केबरमा ब्रिकेट उद्योगमा आगलागी, तीन कामदार गम्भीर घाइते

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्यास चुहिएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बिहीबार बिहान राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन गर्ने उद्योग) परिसरभित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास चुहिएपछि अचानक आगलागी भएको हो । आगलागीमा बाराको प्रसौनी गाउँपालिका–४ खुट्वा प्रसौनीका २३...

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुदाँ १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

सुर्खेत । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफै अनियन्त्रित भई सडकमै पल्टिएको हो । गुर्भाकोट नगरपालिका–१३ सेराघारी बस्ने अन्दाजी ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए।...

जंगलमा लुकाईराखेका ११ नाल भरुवा बन्दुक बरामद

दाङ । दाङको बङगलाचुली गाउँपालिका –०८ स्थित घोरलभिर (पिपली जंगल) बाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ । बुधबार बिहान उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो । खोजीका क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी कुल ११...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।