त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम थाई गाँजासहित दुई जना भारतीय महिला पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बिहीबार राति थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडानमार्फत नेपाल आएका विदेशी यात्रुको निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूले साथमा ल्याएको सुटकेसभित्र लुकाएर राखिएको आठ किलोग्राम थाई गाँजा बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा भारतको मणिपुर राज्यकी २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन् ।

उनीहरूको साथबाट दुई थान राहदानी र दुई थान मोबाइल फोन पनि बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।