Category

राष्ट्रिय समाचार

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३१ दिनका लागि ६० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।...

मोबाइल सेवा सुधार्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई सेवाको गुणस्तर सुधार, सञ्जाल विस्तार र उपभोक्ता गुनासो प्रभावकारी रूपमा सम्बोधन गर्न ८ बुँदे निर्देशन दिएको छ । प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम साउन २१ गतेको निर्णयअनुसार यस्तो निर्देशन दिएको हो । निर्देशनअनुसार सेवा प्रदायकले मोबाइल सेवाको गुणस्तर, सञ्जालको विश्वसनीयता र ग्राहक सेवामा सुधार गर्नुपर्नेछ। प्राधिकरणले...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १०४ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनीमा ५ जना तथा कर्णाली र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १०४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १५ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २५ जना घाइते भएका छन् ।...

शहिद गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा. अमात्य नियुक्त

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा.आशिष गोविन्द अमात्य नियुक्त भएका छन् ।

नियुक्तिपछि डा.अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Post Views: 100 16

१० जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८३ साउन १८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ...

कोशी नदीमा पानीको बहाव बढ्यो, ३४ ढोका खोलियो

विराटनगर । कोशी नदीमा पानीको बहाव बढ्नेक्रम जारी रहेको छ । 

पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख ४८ हजार ८६५ क्युसेक पुगेको छ भने कोशी ब्यारेजका ३४ ढोका खोलिएको छ । 

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

Post Views: 100 17

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने नुवाकोट घर भएका ४१ वर्षीय मनोहर मुडभरी, काठमाडौं महानगरपालिका-१४ बस्ने बाजुरा घर भएका २६ वर्षीय अनिल मल्ल, काठमाडौं टोखा नगरपालिका-१० बस्ने कास्की घर भएकी ३४ वर्षीया कमला पौडेल सुनार र काठमाडौं...

रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई पक्राउ गरिएको छ । तनहुँको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ बस्ने अम्मर सिंह नेपाली वारदातपछि फरार रहेका थिए । उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन्...

रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई पक्राउ गरिएको छ । तनहुँको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ बस्ने अम्मर सिंह नेपाली वारदातपछि फरार रहेका थिए । उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन्...

हेलो सरकारमा ठूलो परिवर्तन, अब एउटै प्रणालीबाट गुनासो दर्ता र समाधान

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासोको सुनुवाइलाई थप छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि अघि बढाइएको छ । नयाँ प्रणाली लागू भएपछि फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।