Category

राष्ट्रिय समाचार

काठमाडौँ महानगरका ५९ दीर्घकालीन योजना प्राथमिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने तथा दीर्घकालीन प्रभाव पार्ने ५९ वटा योजनालाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाका आयोग, सचिवालयसहित १७ वटा एकाइले पेश गरेका योजनामाथि छलफल गर्दै नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई प्राथमिकता दिने निर्णय गरिएको हो । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा विभागीय प्रमुखहरूले नियमित...

हत्या गरेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।  भक्तपुर नगरपालिका-४ मंगलाछेँस्थित श्री जनसेवा आधारभुत विद्यालय नजिकैको गल्लीमा किशोरले मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका मनिषको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ...

रेडिसन होटलमा छापा, १८४ ग्यास सिलिन्डर ग्यास भेटियो

काठमाडौँ । उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा छापा मार्दा ठूलो परिमाणमा ग्यास लुकाएर राखेको भेटिएको छ । विभागका अनुसार होटलमा मात्रै करिब १८४ वटा ग्यास सिलिन्डर फेला परेका छन् । पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यवसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको थियो । सोही...

भक्तपुरको होल्डिङ सेन्टरमा एक जना मृत भेटिए

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र होल्डिङ सेन्टरका रहेका एक भूमिहीन सुकुम्बासी मृत अवस्थामा भेटिएका छन् ।  बिहीबार बिहान करिब पौने ११ बजे तालिम केन्द्रको दोस्रो तलाको कोठा नम्बर २०७ मा मृत अवस्थामा भेटिएको बताइएको छ । त्यसपछि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासहित सुरक्षाकर्मी पुगे पनि सुकुम्बासीले शव उठाउन नदिएपछि उनीहरु फर्किएका थिए...

रोल्पा पहिरो अपडेट: तीन जनाको मृत्यु, ९ जना अझै बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५ उवा, कोटलबारा र बेँसी क्षेत्रमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । माथिबाट लेदोसहितको पहिरो खस्दा ११ वटा घर तथा गोठ बगाएको प्रहरीले जनाएको छ । पहिरोमा परी कमलबहादुर पुन मगर, मनरखी पुन मगर र शान्ती पुन मगरको मृत्यु भएको छ । घटनास्थलबाट उनीहरूको शव फेला परिसकेको प्रहरीले जनाएको छ। पहिरोमा परी सञ्जय घर्ती मगर र हिमाल पुन मगर गम्भीर घाइते भएका छन् । उनीहरूलाई...

चीनतर्फ पहिरो खस्दा भोटेकोशीको बहाब प्रभावित, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । चीनको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ । आज बिहान करिब ६: ३० बजे लिपिङको पारिपट्टि चीनतर्फको भिरबाट ढुंगामाटोसहितको पहिरो खसेपछि भोटेकोशीको बहाव प्रभावित भएको छ । पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति रोकिएको बताइएको छ । नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने र विपद्जन्य घटना हुनसक्ने जोखिम रहेकाले...

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति नेपाल मिडिया सोसाइटीको आपत्ति

काठमाडौँ । समाचार लेखेकै आधारमा जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल मिडिया सोसाइटीले गम्भीर आपत्ति जनाएको छ । सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा जारी विज्ञप्तिमा पत्रकारले प्रकाशित गरेको समाचारमा कसैलाई गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा...

भारतमा पान मसालाको प्लास्टिक प्याकेजिङमा प्रतिबन्ध

काठमाडौँ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले पान मसालाको प्याकेजिङमा प्रयोग हुने प्लास्टिकमा प्रतिबन्ध लगाएको छ । नयाँ नियमअनुसार अब पान मसाला कागज, टिन वा सिसाका भाँडामा मात्र प्याक गरेर बिक्री गर्न पाइनेछ । प्राधिकरणले खाद्य सुरक्षा तथा मानक प्याकेजिङ संशोधन नियमावली, २०२६ सार्वजनिक गर्दै नयाँ व्यवस्था तत्काल लागू गरेको हो । नयाँ नियमअनुसार पान मसालाको प्याकेजिङमा प्लास्टिक, पोलिथिन...

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ। छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडी, सुनसरीको बसले बाटोको छेउमा बसिरहेकी गढी गाउँपालिका–४ मेहता टोल बस्ने ७५ वर्षीया गुद्री देवी मेहतालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट...

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने पर्वत फलेवास नगरपालिका-१ घर भएका ४६ वर्षीय हरि बहादुर रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सहायक निरीक्षक पदमा खुल्ला तर्फ दरखास्त दिई लिखित लगायतका सबै परीक्षामा उतिर्ण भई अन्तर्वार्ता बाँकी रहेका आवेदकलाई आफ्नो गृहमन्त्रालयको विशिष्ट...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।