Author

Srijana Puri

S

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

भक्तपुर । भुमि  समस्या समाधान समितिले  नाप जाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक निलवाराही गाउँ विकास समिति  वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो। उक्त क्षेत्र चलनचल्तीमा ‘बोदे गाउँ’का नामले चिनिँदै आएको पुरानो नेवारी बस्ती...

सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्षको शुभारम्भ

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्षको आज शुभारम्भ गरेकी छन् । सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । खाद्य...

आर्कटिकमा तनाव बढ्ने पुटिनको चेतावनी

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आर्कटिक क्षेत्रमा बढ्दो तनावप्रति चेतावनी दिँदै उत्तरी समुद्री मार्गमा भारतसहित विभिन्न देशको चासो बढिरहेको बताएका छन् । प्रशान्त बेडाका सैनिकसँगको भेटमा पुटिनले चीन, भारतलगायत देश रुससँग उत्तरी समुद्री मार्गमा सहकार्यका विषयमा सक्रिय छलफलमा रहेको बताए । उनले भारतलाई यस मार्गमा बढ्दो चासो राख्ने प्रमुख देशमध्ये एकका रूपमा उल्लेख गरेका छन् । उत्तरी...

रोल्पा पहिरो अपडेट: तीन जनाको मृत्यु, ९ जना अझै बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५ उवा, कोटलबारा र बेँसी क्षेत्रमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । माथिबाट लेदोसहितको पहिरो खस्दा ११ वटा घर तथा गोठ बगाएको प्रहरीले जनाएको छ । पहिरोमा परी कमलबहादुर पुन मगर, मनरखी पुन मगर र शान्ती पुन मगरको मृत्यु भएको छ । घटनास्थलबाट उनीहरूको शव फेला परिसकेको प्रहरीले जनाएको छ। पहिरोमा परी सञ्जय घर्ती मगर र हिमाल पुन मगर गम्भीर घाइते भएका छन् । उनीहरूलाई...

चीनतर्फ पहिरो खस्दा भोटेकोशीको बहाब प्रभावित, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । चीनको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ । आज बिहान करिब ६: ३० बजे लिपिङको पारिपट्टि चीनतर्फको भिरबाट ढुंगामाटोसहितको पहिरो खसेपछि भोटेकोशीको बहाव प्रभावित भएको छ । पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति रोकिएको बताइएको छ । नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने र विपद्जन्य घटना हुनसक्ने जोखिम रहेकाले...

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति नेपाल मिडिया सोसाइटीको आपत्ति

काठमाडौँ । समाचार लेखेकै आधारमा जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल मिडिया सोसाइटीले गम्भीर आपत्ति जनाएको छ । सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा जारी विज्ञप्तिमा पत्रकारले प्रकाशित गरेको समाचारमा कसैलाई गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा...

प्युठानमा खोलाका किनारमा पाँच बेवारिसे शव फेला

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला परेको छ । बिहीबार बिहान करिब ७: ३० बजे माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र ठेगाना नखुलेका पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै स्वर्गद्वारी–९ जुडापाटामा करिब १२–१३ वर्षीय बालकको शव, स्वर्गद्वारी–३ किमिचौरमा कम्मरमाथिको भाग मात्र रहेको पुरुषको शव र स्वर्गद्वारी–४ गोठीबाङमा...

देउवाको स्वागत गर्न विमानस्थलमा नेता कार्यकर्ताको भिड

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँग्रेस संस्थापन इतर पक्षका नेता कार्यकर्ताको ठुलो भिड लागेको छ ।  आज दिउँसो १२: २५ बजे बैंककबाट थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ मा काठमाडौं आइपुग्न लागेका देउवालाई उनी पक्षका नेता कार्यकर्ताले भव्य स्वागतको तयारी गरेका छन् । विमानस्थलमा पूर्णबहादुर खडक, डा. शशांक...

पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न डा. शेखर कोइरालाको माग

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन् । उनले श्रेष्ठको पक्राउ नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भएको बताएका छन् । कोइरालाले पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न सरकारसँग आग्रह गर्दै यस्ता लोकतन्त्रविरोधी गतिविधि नगर्नसमेत सरकारलाई...

स्वदेश फर्किए देउवा

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।  गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा गत चैत्रमा हङकङ पुगेका थिए ।  देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँग्रेस संस्थापन इतर पक्षका नेता कार्यकर्ताले स्वागत गरेका छन् । कांग्रेसको संस्थापन इतर समूहका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा अन्य नेता...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।