सञ्जय मिश्रारौतहट, २९ साउन । सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता रविन्द्र प्रसाद यादवमाथि विद्युतीय अपराधसम्बन्धी मुद्दा दर्ता भएको छ। गरुडा नगरपालिका घर भएका यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटले साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरेको हो। मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालत रौतहटले बुधबार ७ दिनको म्याद थप...










