काठमाडौँ । इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प र त्यसपछि आएका पटक-पटकका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले विगतमा विनाशकारी भूकम्पको पीडा भोगेकाले यस्ता प्राकृतिक विपत्तिबाट हुने दुःख र क्षतिलाई गहिरोसँग बुझेको जनाएको छ । मन्त्रालयले यस कठिन घडीमा इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता र...










