रौतहट, ३ भदौ। बालकक्षामा पढ्दै गरेकी तीन वर्षीया गरिमा चौधरीको घरबाट हराएको चार दिनपछि शव भेटियो। परिवारले छोरीको खोजी गरिरहेको थियो, प्रहरी टोलीले सम्भावित ठाउँहरूमा खोजी गरिरहेको थियो। तर मंगलबार साँझ जितपुरसिमरा–१ भक्तिनगरको एउटा सुनसान घरको खाली कोठामा बालिका मृत भेटिएपछि एउटा परिवारको संसार नै उजाडियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनालाई झन् भयावह बनाएको छ। चकलेट दिने प्रलोभन देखाएर...










