Author

Srijana Puri

S

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नउत्तरको कायर्क्रम नहुने

काठमाडौँ । प्रतिनिधि सभाको आजको वैठककमा प्रधानमन्त्री बालेन्द्र शाहको प्रश्नउत्तरको कायर्क्रम नहुने भएको छ ।  भोटेकोशीमा आएको बाढीका कारण आजको प्रतिनिधि सभाको बैठक छोटो गरिने भएको हो । आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले बोल्ने र गृहमन्त्री सुदन गुरुङले बाढी बारे संसदमा जानकारी दिने कार्यसूची तय भएको छ ।  त्यस्तै यसअघि तय भएका प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सहितका...

सम्भावित विपद्लाई मध्यनजर गर्दै स्वास्थ्य आपतकालीन केन्द्र सक्रिय

काठमाडौँ । सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाएको छ। मन्त्रालयका अनुसार आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौँका संघीय अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको छ ।...

आपतकालिन ब्यवस्थापनका लागि बाढी प्रभावित तीन जिल्लालाई अढाई करोड निकासा

काठमाडौं, १० भदौं । तिब्बतवाट आएको बाढीले रसुवा, नुवाकोट र धादिङको तटिय क्षेत्रमा ब्यापक क्षति पुरयाए पछि तत्काल ब्यवस्थापनका लागि २ करोड ५० लाख छुटाइएको छ ।   विपद् परिषद्को आपत्कालीन बैठकले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित तीन जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णयसँगै सो रकम छुटाइएको हो । बिपद् जोखिम न्यूनीकरण विज्ञ डा. धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई...

भोटेकोशी, त्रिशुली र नारायणीको तटीय क्षेत्रवाट बाहिरन सरकारको अपिल

काठमाडौं, १० भदौं। सरकारले भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीको जोखिम कम गर्न सरकारले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआउँदासम्म यी नदीका तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट बच्न आग्रह गरेको हो। बाढीको...

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक, दिउसो २ बजे बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बुधबार दिउँसो २ बजे बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन निर्देशन दिइएको छ । यसैगरी काठमाडौँमा उपलब्ध नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षलाई पनि बैठकमा आमन्त्रण गरिएको छ...

भोटेकोशी बाढीपछि उद्धार शुरु, १२ हेलिकप्टर परिचालन

काठमाडौँ । भोटेकोशी नदी रसुवाका बाढपीडितको उद्धार शुरु भएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ । जसमा सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भएको हो । उक्त इलाकामा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित सैन्य...

बाढी प्रभावित क्षेत्रमा टेलिकमको टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा...

बाढी प्रभावित क्षेत्रका नेपाल टेलिकमको निःशुल्क सेवा

काठमाडौं, १० भदौं । नेपाल टेलिकमले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएलगतै बाढी प्रभावित क्षेत्रमा निःशुल्क ब्यवस्था गरिएको हो । नेपाल टेलिकमले सो क्षेत्रका...

भोटेकोशी बाढी: ११ जलविद्युत् आयोजना र एक सौर्य आयोजनाको ४३१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरियो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा जलविद्युत् आयोजना र एक सौर्य आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ । बाढीका कारण कुल ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको कुल क्षमता ४०६.१ मेगावाट रहेको छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य आयोजना पनि प्रभावित भएको...

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

सुभाष कायस्थजनकपुरधाम, ९ भदौ । मधेश प्रदेश सभा अन्तर्गत रहेको महिला बालबालिका तथा समाजिक न्याय समितिले बिहीवार वार्षिक प्रगति विवरण बुझाउने निर्णय गरेको छ । समितिका सभापति रुपा यादवको सभापतित्वमा मंगलवार बसेको बैठकले आर्थिक वर्ष २०८२÷०८३ मा गरेको कार्य प्रगति विवरण बिहीवार बुझाउने निर्णय गरिएको जनाइएको छ ।  सभापति यादवले भनिन् पूर्व निर्धारित मिति भोली बुधवार नै प्रगति विवरण बुझाउने तयारी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।