Author

Srijana Puri

S

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले घटेर तोलाको ३ लाख ६ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको १५ रुपैयाँले घटेर ४७६५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४७८० मा...

बाढीपीडितका लागि पोखरा महानगरले राहत सामग्री संकलन गर्दै

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाले राहत सामग्री संकलन अभियान सञ्चालन गरिरहेको छ । महानगरले बाढीपीडितका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधि तथा स्वास्थ्य सामग्री र उद्धार सामग्री संकलन गरिरहेको जनाएको छ । भदौ १८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रको डोममा राहत सामग्री संकलन केन्द्र...

भोटेकोशी बाढीपछि अहिलेसम्म ९८७ जनाको शव भेटियो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ९८७ जनाको शव फेला परेको हो । जसमा रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, चितवनमा ३२१, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६  र नवलपरासी पश्चिममा १७० जनाको शव फेला परेको छ । प्राधिकरणले दिएको पछिल्लो...

चीनले अनिश्चितकालका लागि बन्द गर्यो तातोपानी नाका

काठमाडौँ । नेपाल-चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ । लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेपछि चिनियाँ पक्षले आयात-निर्यात रोक्ने निर्णय गरेको हो । पहिरोको जोखिम स्थिर भएपछि मात्र नाका खोलिने जनाइएको छ । यसअघि पनि पहिरोका कारण तातोपानी नाका करिब तीन साता बन्द भएको थियो । पछिल्लो बाढीले रसुवागढी नाकाको टिमुरे बजारसमेत क्षतिग्रस्त बनाएपछि...

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ छ । बैठक केहीबेर अघि सिंहदरबारमा सुरु भएको हो । 

भोटेकोशी बाढीपछि उत्पन्न परिस्थितिका कारण आगामी दिनमा प्रतिनिधि सभाको बैठक कसरी र कहिलेदेखि संचालन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

यसअघि भदौ १० गते भोटेकोशी बाढी आएपछि बैठक बसेर अर्को सूचना नभएसम्मका लागि स्थगित भएको थियो ।

Post Views: 100 110

कुलमान भन्छन्- सुरुङ भित्र पावर हाउससम्म पुगेर उद्धार गर्नुपर्छ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन् । घिसिङका अनुसार भदौ १४ गते आफूले टिमुरे, रसुवागढी सुरुङ र चिलिमे सुरुङको स्थलगत निरीक्षण गरी धुन्चेमा सुरक्षा निकायसँग छलफल गरेका थिए । त्यसपछि भदौ १५ गते नेपाली सेनाको टोलीले रसुवागढीको पावर हाउसतर्फ जाने पहुँच सुरुङभित्र करिब...

बाढीपीडितको राहतका लागि नयाँ बस्ती युवा क्लबले दियो १ लाख ११ हजार १११ रुपैयाँ

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–५ मा रहेको नयाँ बस्ती युवा क्लबले रसुवा बाढी प्रभावितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।  क्लबले गोकर्णेश्वर नगरपालिकाले स्थापना गरेको विपद् राहत कोषमा उक्त रकम जम्मा गरेको हो। सोमबार क्लबका अध्यक्ष चन्द्रमणि गौतमसहित पदाधिकारीहरूले नगर प्रमुख दीपककुमार रिसाललाई १ लाख ११ हजार १११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण...

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौं, १६ भदौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मङ्गलबार सर्वदलीय बैठक बोलाएको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरूको सहभागिता रहनेछ। विपद्पछिको तत्कालीन राहत तथा उद्धारसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच साझा धारणा बनाउने...

प्रधानाध्यापक कुटिएपछि बलरा विद्यालयमा तनाव, घटनाको छानबिन गर्न समिति गठन हुने

न्यूज कारखाना रौतहट, १६ भदौ । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्रीराम सखिमोहित सिंह जनता उच्च माध्यमिक विद्यालयमा प्रधानाध्यापकसहित शिक्षक तथा अन्य व्यक्तिमाथि कुटपिट भएको  छ। सोमबार दिउँसो विद्यालयमा सरसफाइको विषयलाई लिएर प्रधानाध्यापक वीरेन्द्र झाले एक छात्रामाथि अमर्यादित तथा अश्लील गालीगलौज गरेको आरोपपछि विद्यार्थीहरूले प्रधानाध्यापक झामाथि आक्रमण गरी कुटपिट गरेको बताइएको छ। घटनाका...

नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरभित्र २४ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सोमबार उद्धारका क्रममा होटल वा गेस्ट हाउसजस्तो देखिने उक्त घरभित्र २४ जनाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले शव फेला परेको स्थानमा मङ्गलबार पनि खोजी कार्य जारी राखिएको र मृतकहरूको पहिचान तथा भवनको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।