Author

Srijana Puri

S

असंलग्न राष्ट्रहरूको ६५औँ वार्षिकोत्सवमा नेपालको सहभागिता

काठमाडौं । असंलग्न राष्ट्रहरूको पहिलो सम्मेलन सम्पन्न भएको ६५औँ वार्षिकोत्सवका अवसरमा सर्बियाको बेलग्रेडमा आयोजित उच्चस्तरीय स्मरणात्मक बैठकमा नेपाल सहभागी भएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव तथा नेपाली प्रतिनिधिमण्डलका नेता कृष्णप्रसाद ढकालले बैठकलाई सम्बोधन गर्दै बढ्दो जटिलता र बहुआयामिक संकटबीच असंलग्न आन्दोलन विश्व परिस्थितिलाई सही दिशामा अघि बढाउन महत्वपूर्ण मार्गदर्शक रहेको बताएका छन् ।...

जापानले कृत्रिम बुद्धिमत्ता र ड्रोनमा केन्द्रित गर्दै हालसम्मकै ठूलो रक्षा बजेट ल्याउदै

काठमाडौं । जापानले आगामी आर्थिक वर्षका लागि हालसम्मकै ठूलो ८.८९ ट्रिलियन येनको रक्षा बजेट माग गरेको छ । यो रकम करिब ५६ अर्ब अमेरिकी डलर बराबर रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । प्रस्तावित बजेटमा कृत्रिम बुद्धिमत्ता र ड्रोनको प्रयोगमार्फत युद्धका नयाँ तरिकाका लागि तयारी, लामो समयसम्म सैन्य अभियान सञ्चालन गर्न सक्ने क्षमता विस्तार तथा रक्षा उद्योगलाई थप बलियो बनाउने विषयलाई प्राथमिकता दिइएको...

शंकर पोखरेलको प्रश्न- ‘ग्रीन आर्मी’ को वैधता र पृष्ठभूमि के हो ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको वैधता, पृष्ठभूमि र सञ्चालनको स्रोतबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् । पोखरेलले विद्यालय–विद्यालयमा शाखा तथा ५२ जिल्लामा सञ्जाल रहेको दाबी गरिएको उक्त संस्था कस्तो संगठन हो भन्ने प्रश्न गरेका छन् । उनले संस्थाको सञ्चालनका लागि आम्दानीको स्रोत के हो भन्ने विषयमा समेत स्पष्टता आवश्यक रहेको बताएका छन् । उनले भने...

नागढुंगा-नौबिसे सडक भासियो, यातायात एकतर्फी

काठमाडौं । राजधानी प्रवेश गर्ने नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत पातले वन क्षेत्रमा सडक भासिएपछि यातायात प्रभावित भएको छ । सडक भासिएपछि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । हाल पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई मात्र उक्त मार्गबाट चल्न दिइएको र अन्य सवारीसाधनलाई सुरुङमार्गबाट पठाउने तयारी भइरहेको सडक विभागले जनाएको छ । सडक विभागका अनुसार पुरानो पर्खाल भत्किएका कारण सडक भासिएको हुन...

बेंसीसहर-चामे सडक अवरुद्ध

लमजुङ । बेंसीसहर नगरपालिका–६ खरखरेभिरमा पहिरो खस्दा बेंसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षापछि गएराति पहिरो खसेपछि मनाङ जोड्ने मुख्य सडक बन्द भएको हो । बेंसीसहरदेखि करिब साढे ३ किलोमिटर दूरीमा सडक अवरुद्ध हुँदा मनाङ तथा मर्स्याङ्दी गाउँपालिकातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन् । प्रहरीले लोडर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएको छ । सडक खुलाउन समय...

अमेरिका-इरान तनाव बढेपछि कच्चा तेलको मूल्य फेरी बढ्यो

काठमाडौं । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढेपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । पछिल्लो अपडेट अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ४ डलरभन्दा बढीले बढेर पाँच साताकै उच्च विन्दुमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ४.६ प्रतिशतले बढेर प्रतिब्यारेल ९४ डलर ६५ सेन्ट पुगेको छ। अमेरिकी पश्चिम टेक्सास इन्टरमिडियट कच्चा तेलको मूल्य ५.२ प्रतिशतले बढेर ९०...

भोटेकोशी बाढी: ११ सय २७ जनाको शव फेला, ४८ सय ५८ अझै बेपत्ता

काठमाडौं, १७ भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीमा परी मृत्यु भएका १ हजार १२७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान ८ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बाढीका कारण हालसम्म ४ हजार ८५८ जना नागरिक अझै सम्पर्कविहीन (बेपत्ता) रहेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजतलासका लागि ७ हजार ९१२ जना नेपाल प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार...

युएस ओपनः  बेलायती नम्बर एक टेनिस खेलाडी आर्थर पराजित

न्युयोर्क, १७ भदौं । बेलायती नम्बर एक टेनिस खेलाडी आर्थर फेरीले विम्बल्डनमा देखाएको उत्कृष्ट प्रदर्शन युएस ओपनमा दोहोर्‍याउन सकेनन्। इटालीका १३औँ वरीयता प्राप्त खेलाडी लोरेन्जो मुसेटीसँग सोझो सेटमा पराजित हुँदै २४ वर्षीय फेरीको युएस ओपन यात्रा पहिलो चरणमै टुंगिएको छ। हालै सम्पन्न घरेलु ग्रान्ड स्लाम विम्बल्डनको सेमिफाइनलसम्म पुगेर विश्व वरीयताको ११४औँ स्थानबाट शीर्ष ४० भित्र उक्लिएका फेरी उच्च...

बाढी प्रभावित नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

त्रिशूली, १७ भदौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। बाढीबाट प्रत्यक्ष प्रभावित विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् भने बेलकोटगढी र तारकेश्वर गाउँपालिकाका प्रभावित क्षेत्रमा रहेका शैक्षिक संस्थाको पठनपाठन समेत स्थगित भएको छ। बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावक बेपत्ता...

१५औँ महाधिवेशन तयारीका लागि कांग्रेस इतर पक्षको बैठक बस्दै

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले गठन गरेको ‘१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को बैठक आज बस्दै छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित समितिको आयोजनामा दिउँसो १ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको हो। बैठकमा आगामी १५ औँ महाधिवेशनको तयारी, मुलुकको समसामयिक राजनीतिक परिस्थिति र विविध सांगठनिक विषय गरी तीन मुख्य एजेन्डामा केन्द्रित रहेर छलफल...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।