भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई राहत प्याकेज दिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बेपत्ता कर्मचारी तथा कामदारका नजिकका हकवालालाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता छन्। बैठकले स्थायी कर्मचारीका परिवारलाई भदौदेखि बढीमा ६ महिनासम्म बेपत्ता कर्मचारीको तहको सुरु तलबमानको ५० प्रतिशत रकम निर्वाहका लागि उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।