Author

Srijana Puri

S

प्रधानमन्त्रीको सम्बोधन पुर्णपाठसहित

सम्माननीय सभामुख महोदयज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसदको रोस्ट्रममा उभिएको छु।  भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै हामीबाट आमाबुबा, दिदीबहिनी र दाजुभाइ खोसेर लग्यो। यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्ण मानिसहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्ना मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखिनै समवेदना...

प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा के के भने ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै भोटेकोशी बाढीपछि सरकार जनताको जीवनरक्षामा लडिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको घडीमा दृढ संकल्पका साथ सरकार जनताको जीवन रक्षमा लडिरहेको बताएका हुन् । प्रधानमन्त्री शाहले भदौ १० गते भोटेकोशीमा आएको भिषण बाढीपछि सरकारले गरेका कामको विवरण संसदमा जानकारी दिएका थिए ।...

बालेन बारे प्रचण्डको टिप्पणी- उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो !

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन शाहको शैलीप्रति संसदमा आलोचना गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री शाह संसदमा आउने तर कसैको अनुहार पनि नहेर्ने गरेको भन्दै यति ठुलो अवसर गुम्न दिन नहुने बताएका हुन् । प्रचण्डले भने- ‘सरकारको मुख्य नेतृत्व जिम्मेवार र संवेदनशील हुनुपर्ने हो। आज...

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३३ वर्षीय यज्ञबहादुर तामाङ र काठमाडौं महानगरपालिका–४ बस्ने ३० वर्षीय सुजेन घर्तीमगर रहेका छन्। तामाङले मलेसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ तथा घर्तीमगरले हंगेरी पठाइदिन्छु भन्दै तीन जना पीडितबाट...

तासमानियासँग नेपाल ए पराजित

काठमाडौँ । नेपाल ए टिम अस्ट्रेलियाको तासमानियासँग पराजित भएको छ । नेपाल ए तासमानियासँगको एकदिवसीय खेल २ विकेटले हारेको हो । नेपाल ए ले दिएको १९३ रनको लक्ष्य पछाएको तासमानियाले ४९.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको थियो ।  अब नेपाल ए ले सेप्टेम्बर ४ बुधबार साउथ अस्ट्रेलिया टिमसँग र ...

सुरुङभित्र फसेकाको उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो- भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले जलविद्युत आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले ढिलाई गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई अमानवीय भनेका हुन् । उनले भने- ‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय...

जलवायु परिवर्तनको मुद्धामा साना राष्ट्रले नेतृत्व गर्दै ठूला राष्ट्रलाई दबाब दिनुपर्छ- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि साना राष्ट्रहरूले नेतृत्वदायी भूमिका खेल्दै ठूला राष्ट्रलाई कार्बन उत्सर्जन घटाउन दबाब दिनुपर्ने निष्कर्ष निकालेको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले अरू देशले गरेको कार्बन उत्सर्जनको असर नेपालजस्ता साना राष्ट्रले भोग्नुपरेको जनाएको छ। सन् २०२४ को...

जलविद्युत आयोजनाका सुरुङमा उद्धार बारे विद्युत प्राधिकरणले के भन्यो ?

काठमाडौं । जटिल भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद नेपाल विद्युत् प्राधिकरणले बाढी तथा पहिरोमा परेका आफ्ना कर्मचारी र कामदारको खोज तथा उद्धार कार्यलाई चौबीसै घण्टा निरन्तरता दिएको जनाएको छ । प्राधिकरणका अनुसार त्रिशूली नदीमा ढुंगा, बालुवा र माटो थुप्रिएर पानीको सतह बढेका कारण विद्युत् आयोजनाका संरचना पुरिएका छन्। पावर हाउससम्म पुग्ने बाटो निर्माणका क्रममा ठूला ढुंगा भेटिएपछि विस्फोट गराएर...

रसुवा बाढीमा परेर मृत्यू भएका कर्णाली वासीले बीमा वापत दुई लाख पाउने

सुर्खेत, १७ भदौ । भदौ १० गते भोटेकोशी नदिमा आएको बाढीका कारण ज्यान गुमाएका कर्णाली वासीले प्रदेश सरकारले गरेको बीमा अन्र्तगत प्रति व्यक्ति दुई लाख रुपैंया पाउने भएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सूचना अधिकारी सुरेन्द्र बहादुर शाहीका अनुसार कर्णालीका नागरिकको प्राकृतिक विपत्तिका कारण निधन भएको खण्डमा बीमा वापत दुई लाख रुपैंया राष्ट्रिय बीमा कम्पनीले दिने भएको हो । ‘रसुवा...

प्रधानमन्त्री शाहले भने- मन भक्कानिए पनि एक आपसमा बिलौना गर्ने अवस्था छैन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढी रसुवा, नुवाकोट र धादिङको मात्रै नभई सिंगो नेपालको छातीमा परेको बज्रपात भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति कुनै एउटा जिल्लाको मात्रै नभई सिंगो देशकै पीडा भएको बताएका हुन् । सम्बोधनमा प्रधानमन्त्री शाहले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउदै भने- ‘मन भक्कानिए...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।