Author

Srijana Puri

S

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

काठमाडौँ, ७ जेठ; नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ । सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन...

चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

झापा, ७ जेठ ः झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन् । नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त...

जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

सिरहा, ७ जेठः सप्तरीको सुरुङ्गा नगरपालिका—१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले सुविधासम्पन्न विद्यालय भवन पाएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) कार्यक्रममार्फत निर्माण गरिएको तीनतले विद्यालय भवनको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवीसहाय मीना र सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरीले...

बालबालिकामा कुपोषण बढ्यो

काठमाडौँ, ७ जेठः सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी सङ्ख्यामा कुपोषण देखिएको हो । स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतभन्दा यसपटक कुपोषणको भएका...

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी, ७ जेठः पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ । महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै पोखरा–१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्ति/संस्था स्वयंले हटाउन निर्देशन दिएको हो । महानगरको...

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

जनकपुर, ७ जेठः मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रूपमा कम भएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरिएको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी समष्टिगत आर्थिक सूचकमा त्यस्तो जनाइएको हो । यस पटक पर्याप्त मात्रामा...

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

कीर्तिपुर (काठमाडौँ), ७ जेठः सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन् । राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ । त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैङ्क तथा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को आर्थिक सहयोगमा बुधबारदेखि राजधानीमा सुरु भएको ‘उच्चशिक्षामा...

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

रसुवा, ७ जेठः हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजनहरू पुग्न थालेका छन् । यही जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने छ । चन्दनबारीका होटल व्यवसायी सुब्बा...

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ, ६ जेठ : मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ । मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको...

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

गलकोट (बागलुङ), ६ जेठः धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ । निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो । विकलाई परिवारका सदस्यले बेहोस अवस्थामा बिहान ११ बजे धौलागिरी अस्पताल ल्याएका थिए । विषालु सर्पले टोकेर बेहोस भएका विकको सर्पदंशको उपचारका लागि तालिम प्राप्त चिकित्सकको टोलीले अस्पतालमै सफल उपचार गरेको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।