Author

Srijana Puri

S

दिगो पर्यटन प्रवर्द्धनका लागि पञ्चवर्षीय रणनीति

काठमाडौँ, १२ जेठः नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त पहलमा नेपालको दिगो पर्यटनका लागि पञ्चवर्षीय रणनीति तयार गरिने भएको छ । यसका लागि ती दुई निकायद्वारा ‘इन्टरनेसनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’सम्बन्धी छलफल छ । छलफलमा नेपाललाई विश्व पर्यटन बजारमा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न प्रभावकारी बजारीकरण रणनीति अपरिहार्य रहेकोमा जोड...

अटोचालकको पेसामा महिलाको आकर्षण

कर्णाली, १२ जेठ : पछिल्लो समय अटोचालक व्यवसायमा महिलाहरु आकर्षित हुँदै गएका छन् । सुर्खेतमा १०० भन्दा बढी महिला अटो चालक पेसामा आबद्ध छन् । सहर पसेसँगै उनीहरुले श्रम, सीप र साहसका साथ पेसालाई आत्मनिर्भर बनाउँदै लगेका छन् । जसबाट उनीहरुको दैनिकी मात्र चलेको छैन, भविष्यका लागि बचत समेत गर्न सफल भएका छन् । महिलालाई आत्मनिर्भरतर्फ उन्मुख राखिराख्न कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ५४ अटोचालक...

सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

गण्डकी, ११ जेठ : पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने तयारी गरेको छ ।बाँझो जमिनको सदुपयोगसँगै बाँदरले क्षति नपु¥याउने औषधीय गुण युक्त सिप्लिकानका साथै मौरीपालक किसानलाई उपयोगी हुने चिउरीका बिरुवा अनुदानमा वितरण गर्न लागिएको हो । बिरुवा वितरणका लागि यही जेठ २१ गतेसम्म माग सङ्कलन गरिने जानकारी दिँदै उहाँले मागका आधारमा अनुदानमा उपलब्ध गराउन लागिएको...

एलिफेन्ट्स इन द फग’ का समूहलाई नेपालमा

काठमाडौँ, ११ जेठः विश्वप्रसिद्ध चलचित्र महोत्सव ‘कान्स चलचित्र महोत्सव २०२६’ मा सहभागी भएको चलचित्र ‘एलिफेन्ट्स इन द फग’ का कलाकार तथा निर्माण समूहलाई नेपालमा स्वागत गरिएको छ । उक्त चलचित्र महोत्सवमा ‘अन सर्टेन रिगार्ड विधा’ मा छनोट भएर पहिलो प्रदर्शनी (विश्व प्रिमियर) भएको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले सोही विधामा निर्णायक पुरस्कार (जुरी अवार्ड) जित्न सफल भएको छ । फ्रान्समा सम्पन्न उक्त...

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी), ११ जेठः जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताउनुभयो । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ख.४७५८ नम्बरको यात्रुवाहक बसले जलेश्वर नपा–२ स्थित मटिहानी चोकमा पैदल यात्री साहलाई...

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सिद्धार्थनगर (भैरहवा), ११ जेठः लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले आज प्रदेशसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेश प्रमुख घर्तिमगरलाई प्रदेशसभा भवनमा मुख्यमन्त्री...

विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम

चितवन, ११ जेठः ‘हमर्न’ कारण पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने इन्डोक्राइमोलोजिष्ट (हर्माेन विशेषज्ञ)विशेषज्ञहरुले बताउनुभएको छ । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका इन्डोक्राइमोलोजिष्ट डा सौरव खतिवडाले १५ देखि २० प्रतिशत महिलालाई ‘हाइपर थाइरोडिजम’को सम्भावना हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुरुषमा त्यसको आधा जतिलाई मात्रै हुन्छ । अर्थात् पुरुषमा पाँचदेखि आठ...

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

काठमाडौँ, ११ जेठः सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार भएको छ । हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई ‘डिजिटल’ र व्यवस्थित बनाउने प्रयासस्वरूप राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत कागजात घरमै पुर्‍याउने कार्य तीव्र बनाएको जनाएको हो । विभागका महानिर्देशक...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक, ११ जेठः रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको ‘बुद्धचित्त’को आम्दानी घट्नेमा निकै चिन्ता परेको छ । घरबारी र तल्लोबारी गरी सात बोटमा बुद्धचित्त लटरम्म फले पनि गत वैशाखको असिना–पानीबाट चिचिलामै दाग लागेपछि छिप्पिँदासम्म गुणस्तर खस्कनेमा उहाँ चिन्तित हुनुहुन्छ । गत साल सोही बोटबाट करिब रु तीन लाख आम्दानी गरेकामा यसपालि दाना पोहरभन्दा बढी नै फले पनि...

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली (तनहुँ), ११ जेठः तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । एसियाली बिकास बैङ्कको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर–६ र देवघाट गाउँपालिका–३ मा पर्दछ । विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका–३ र ४...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।