लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सिद्धार्थनगर (भैरहवा), ११ जेठः लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले आज प्रदेशसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेश प्रमुख घर्तिमगरलाई प्रदेशसभा भवनमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्री तथा प्रदेशसभा सदस्यहरूले स्वागत गर्नुभएको थियो ।

सरकारको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पर्यटन क्षेत्रको प्रवर्द्धन, सडक तथा अन्य पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सुशासनमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय समेटिएको छ । साथै युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।