तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली (तनहुँ), ११ जेठः तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

एसियाली बिकास बैङ्कको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर–६ र देवघाट गाउँपालिका–३ मा पर्दछ । विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका–३ र ४ मा पर्दछ ।

श्रेष्ठले विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।