Author

Srijana Puri

S

हुलाकमार्फत घरघरमै राहदानी

चन्द्रपुर (रौतहट), २१ जेठः जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पु¥याउने सेवा सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबीच गत वैशाख २४ गते भएको सम्झौतापछि पहिलो चरणमा २१ राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण अभियान सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बुधबार गौर नगरपालिका–२...

विदेशबाट फर्किपछि विजयकुमार बने उत्कृष्ट कृषक

महेन्द्रनगर, २१ जेठः सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का विजयकुमार चौधरी स्वदेश फर्किनुभयो । मलेसियामा तीन वर्ष मजदुरी गर्नुभएका चौधरीको मासिक रु ३५ हजार कमाइ गर्नुभयो । विदेशको चर्को गर्मीमा श्रम बेचेर स्वदेश फर्किनुभएका विजय अहिले माछापालनमा हुनुहुन्छ । गत जेठ १५ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयलबाट छनौंट भई राष्ट्रपति...

बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

काठमाडौँ, २१ जेठः काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको अनुगमन गरेको छ । काठमाडौँ महानगरपालिका–२६ को मानव बेचबिखन तथा ओसारपसार समितिले अनाहत नेपाल, नेपाल प्रहरी, महानगर प्रहरीसहितको सहकार्यमा बुधबार ठमेल क्षेत्रमा हुने बाल यौन बेचबिखन र श्रम शोषणको अन्त्यका लागि अनुगमन गरेको हो । अनुगमनका क्रममा आचारसंहिता विपरीत मसाज तथा स्पा सेन्टर सञ्चालन, दर्ता नगरी स्पा तथा...

वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास

मुस्ताङ,२१ जेठः वारागुङ मुक्तिक्षेत्र—१ झारकोट गाउँमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । त्यहाँस्थित झारकोट गुम्बाका प्रमुख लामा घिर्मी रिङझिङ ठकुरीले दुबै भवनको धार्मिक विधिपूर्वक शिलान्यास गर्नुभएको हो । स्वास्थ्य चौकीको करिब सात रोपनी जग्गामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गर्नलागिएको हो । यी दुबै भवनको दुई महिना अघि ठेक्का सम्झौता भई निर्माणको काम अघि बढाईएको...

हात्तीको दाह्रासहित पाँच जना पक्राउ

काठमाडौँ, २१ जेठः काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार (हात्तीको दाह्रा) सहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका–९ का २५ वर्षीय राजीव महर्जन, काठमाडौँ महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, गोरखाको अजिरकोट गाउँपालिका–४ का २० वर्षीय सन्तबहादुर भुजेल, सोही जिल्ला धार्चे–४ का २६ वर्षीय टेकप्रसाद गुरुङ तथा...

नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो

नारच्याङ (म्याग्दी), २१ जेठः आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार विविध कार्यक्रमका साथ ७६आँै आरोहण दिवस मनाइएको छ । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरदेखि नारच्याङसम्म खुला दौड प्रतियोगिता, पदयात्रा, आरोही र आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको विकास तथा प्रर्वद्धनमा योगदान गरेका व्यक्ति...

चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट

चितवन, २१ जेठः नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वाेत्कृष्ट बन्न सफल भएको छ । यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये...

महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार

काठमाडौँ, २१ जेठः महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ । विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा राम्रो आम्दानी भइरहेको बताइएको छ । अत्याधुनिक सुविधा समावेश गरिएका आरामदायी...

एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती

कञ्चनपुर, २१ जेठः एचआइभी एडस सङ्क्रमणको उपचार र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सङ्क्रमित व्यक्तिप्रति समाजमा कायम रहेको लाञ्छना, भेदभाव र गलत धारणा अझै ठूलो चुनौतीका रूपमा रहेको छ । एचआइभीबारे पर्याप्त जानकारी नहुँदा सङ्क्रमितहरू सामाजिक बहिष्कार, अपमान, मानसिक तनावलगायत समस्या भोग्न बाध्य छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा आज शुक्लाफाँटा नगरपालिकामा सम्पन्न ‘एचआइभी...

यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ

तेह्रथुम, २० जेठः अनधिकृत रुपमा यार्सागुम्बा सङ्कलन गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरूबाट प्रहरीले १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरेको जिल्ला...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।